-
२०७५ फाल्गुण २४, शुक्रबार
‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’
लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताउनुभयो । नगर उपप्रमुख भवानी डोटेलले श्रीमान् र...
-
२०७५ फाल्गुण २४, शुक्रबार
‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ भृकुटी मण्डपमा शुरु
नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि भृकुटी मण्डपमा शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ । मेलाको प्रमुख नाराका रूपमा ‘मेहनत सिर्जना,...
-
२०७५ फाल्गुण २४, शुक्रबार
वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष गुरुङको घरमा शंकास्पद बस्तु विस्फोट
बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ । आज साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । घटनाको नेपाली सेनाको विज्ञटोलीले...
-
२०७५ फाल्गुण २३, बिहिबार
सांस्कृतिक विविधता नेपालको पहिचान ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गर्नुभयो । “नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ...
-
२०७५ फाल्गुण २३, बिहिबार
ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस
ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन् । हरेक वर्ष मार्च २ लाई अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसका रूपमा मनाउने गरिन्छ । कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकास्तरीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो भने डाटापोर्टलमा भएका पाँच औजार र सूचना केन्द्र...
-
२०७५ फाल्गुण २३, बिहिबार
भारत—पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी, पहिलाभन्दा शान्त
भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् । गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको...
-
२०७५ फाल्गुण २३, बिहिबार
नेकपा विप्लवका नेता रोका माथि गोली प्रहार, एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद
कपिलबस्तु , प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको छ । आज बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीको गोली खुट्टामा लागे पछि उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले विप्लव समूहका नेता...
-
२०७५ फाल्गुण २३, बिहिबार
शिक्षकको आन्दोलन फिर्ता
सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र ( इसिडी ) का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछि नेपाल राहत शिक्षक...
-
२०७५ फाल्गुण २३, बिहिबार
निर्मला पन्त हत्याकाण्ड : एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ । निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । बर्खास्तीमा...
-
२०७५ फाल्गुण २३, बिहिबार
काठमाडौंको मखनमा भीषण आगलागी
काठमाडौं महानगरपालिका २४ वडा मखन टोल महादेव मन्दिरसंगै बिहिबार दिउँसो करिब १२ः३० बजे भीषण आगलागी भएको छ । अकस्मात् आगलागी भएको खबर पाउनासाथ बसन्तपुर जुद्धसडक अवस्थित चार वटा दमकल घटनास्थल पुगी आगो नियन्त्रण लिने काम भएको थियो । त्यस्तै, ललितपुर र भक्तपुरबाट पनि दमकल आएको वारुणयन्त्र शालाले जानकारी दिएको छ । आगलागी कसरी भयो र कस्को घरमा भएको भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।
-
२०७५ फाल्गुण २३, बिहिबार
स्काभेटरमा आगजनी
त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका २ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन पुगेको छ । यसअघि गत बुधबार राति सोही गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले...
-
२०७५ फाल्गुण २३, बिहिबार
धरहरा पुनःनिर्माणको कामले गति लियो
–शर्मिला पाठक एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम...


