STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण २६, आइतबार

    बोल्न छाडे अछामी भाषा

    – होम साउद अछामी भाषाको संरक्षणमा कसैले चासो नदिंँदा भाषा नै नरहने जोखिम बढिरहेको छ । यो भाषाको छुट्टै लिपी छैन । अछामी भाषाको विषयमा पर्याप्त लिखित इतिहास पनि छैन । तर, बोलीचालीका हिसाबले अछामी भाषाको छुट्टै पहिचान र फरक धार खुट्याउन सकिन्छ । यसअघि अछामी भाषामा यस क्षेत्रका मौलिक देउडा गीतहरु थुप्रै रचिएका र बजारमा ल्याइएका पाइन्छन् । अछामी भाषाका विषयमा व्यक्ति पिच्छे फरक धारणा रहेको पाइन्छ ।...

  • २०७५ फाल्गुण २६, आइतबार

    मिलमा बेरिएर महिलाको मृत्यु

    बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिनुभयो । शनिबार साँझ धान कुटाउने मिलको धुरामा उहाँले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी...

  • २०७५ फाल्गुण २६, आइतबार

    मेक्सिकोको बारमा गोली चल्यो, विभिन्न स्थानमा कम्तिमा १४ जनाको मृत्यु

    मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागु औषध कारोबार र...

  • २०७५ फाल्गुण २६, आइतबार

    मल्लकालमा कान्तिपुरको बनौट कस्तो थियो ?

    मल्लकालमा कान्तिपुरको बनौट कस्तो थियो भन्ने बुझ्नु पनि यहा प्रासाङ्गि हुन्छ । राजा महेन्द्र मल्लको राज्यकाल (इस्वी १५६० देखि १५७४) मा कान्तिपुर चौबिस इलाका वा पञ्चयातमा बाँडिएको थियो एउटा पञ्चायतको नेतृत्व एकजना पञ्चप्रमाणले गर्दथ्यो । मल्लकालमा यी इलाकालाई टोल भन्न थालेको दखिन्छ । यो शब्द लिच्छविकालीन तल शब्दबाट अपभ्रंश भई आएको हुन सक्छ । लिच्छविकालमा आवाद गरी पाटो पारिएको जग्गाको अर्थमा यस...

  • २०७५ फाल्गुण २६, आइतबार

    सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

    काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ । पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने कामपाको भनाइ छ । स्वस्थ शहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० शहरमध्ये काठमाडौँ महानगर पनि एक हो । शहरमा धूम्रपान तथा...

  • २०७५ फाल्गुण २६, आइतबार

    दासढुङ्गा मदन–आश्रितको सालिक स्थान उचित संरक्षण भएन

     जताततै प्लाष्टिक र फोहर, भाँचिएको गेट, मर्मत नभएका संरचना । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भएको स्थल चितवनको दासढुङ्गाको अवस्था देखेपछि तनहुँका सूर्य अधिकारी खिन्न हुनुभयो । “दासढुङ्गाको अवस्था देखेपछि निराश भएँ”, काठमाडौँ जाने क्रममा मदन–आश्रितको दुर्घटनास्थल दासढुङ्गामा बस्नुभएका उहाँले भन्नुभयो, “सालिकसमेत संरक्षण...

  • २०७५ फाल्गुण २६, आइतबार

    जापानी केन तानाकालाई विश्वकै सबैभन्दा वृद्धा’ को मान्यता

    आफ्नो जीनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डस्ले शनिबार जनाएको छ । विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिनुभएकी तानाका चार सन्तानकी आमा हुनुहुन्छ भने उहाँले पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिनुभएको छ । तानाकालाई विश्वकै...

  • २०७५ फाल्गुण २६, आइतबार

    पार्टी १५० किलोको मालाले होइन सही नीति र विचारले बन्छः सहअध्यक्ष श्रेष्ठ

    नुवाकोट, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टी नेता प्रधान नभई नीति प्रधान हुनुपर्ने कुरा बताएको छ । उनले उक्त कुरा यहि शनीवार नुवाकोटको रानीपौवामा भएको जिल्ला समिति पुनर्गठन भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै बताएको हो । नेता श्रेष्ठले पार्टी नेताहरूलाई १५० किलोको माला पहिर्याई दिएर वा व्यक्ति पुजाको शैलीबाट होइन सही नीति र विचारको कार्यान्वयनको आधारमा बन्ने...

  • २०७५ फाल्गुण २६, आइतबार

    प्रकाश दीपको ३ वटा गीति संग्रह सार्वजनिक

    गीतकार दीप ४ दशकदेखि सक्रिय रहँदै आउनु भएका गीतकार प्रकाश दीपको एकल रचनामा चौबन्दी चोलो, गोरी गोरी अलि काली काली र परदेशी दाजै गीति संग्रह सार्वजनिक गरिएको छ । चौवन्दी चोलो गीति संग्रहमा मुक्ति एण्ड रिभाइभलको चौवन्दी चोलो गीतका साथै अनिल शाक्य, विरेन शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ, नविन कार्की, सत्यनारायण प्रजापति, मदनसिँह नेपालीको संगीत संग्रहित छन् भने मुक्ति शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ,...

  • २०७५ फाल्गुण २६, आइतबार

    आज राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा, स्वदेश फर्किने चैत्र १ मा

    राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिका प्रस्थान गर्दैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३ औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेकी हुन् । राष्ट्रपतिसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की,...

  • २०७५ फाल्गुण २६, आइतबार

    नेकपा विप्लवको घोषणा : फागुन ३० गते नेपालबन्द !

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा आउँदो फागुन ३० गते नेपालबन्द घोषणा गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति सार्वजनिक गरी आफ्नो पार्टी नेता कार्यकर्ता गिरफ्तारी, झूठा मुद्दा, कपिलवस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलवस्तु र कालिकोट लगायत अन्य जिल्लामा भएको अप्रेशनको विरुद्ध फागुन ३० गते बिहिबार आमहड्तालसंगै नेपालबन्दको आह्वान गरेको छ...

  • २०७५ फाल्गुण २६, आइतबार

    नेवाः समुदाय उत्थानको लागि नेवाः सचेतना सेवा समाज घोषणा

    नेवाः समुदायलाई सामाजिक, सांस्कृतिक, भाषिक, राजनीतिक रुपबाट सचेत गरी अगाडी बढ्ने उद्देश्य अनुरुप स्थापित नेवाः सचेतना सेवा समाज घोषणासभा कार्यक्रम शनिबार काठमाडौंमा भव्यताकासाथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमीर रत्न ताम्रकारको अध्यक्षतामा संचालन भएकोे उक्त घोषणासभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेवाः अगुवा डा. महेशमान श्रेष्ठ तथा अतिथिको रुपमा सूर्यबहादुर नकर्मी उपस्थित हुनुभएको थियो ।...

Pages