STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चितुवाको आक्रमणबाट प्रहरी घाइते

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २३, बिहिबार

चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते हुनुभएको हो । घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट पु¥याएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । –––
Categorized in अपराध-दुर्घटना