STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि अस्पतालमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २२, बुधबार

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालको मानमोहन कार्डिओथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । उनी बुधबार बिहान अस्पताल गएका हुन् । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । उनले भने, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’ प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच हुँदैछ ।
Categorized in राजनीति