STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

गल्तीहरुको मनोविज्ञान

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २२, बुधबार

हामी अब सिद्धान्तहरुको बदला एक प्रमाणिका तरिकाले आफ्नो कुराकानी सुरु गर्दछौँ । यसको लागि हामी केही यस्ता घट्नाहरु दिन्छौ जो धेरै घटिरहेका हुन्छन्, जसलाई हामी सधैं देख्दछौ र विश्वास पनि गर्दछौ र यस्ता घटनाहरु कुनै रोगका कारण हुँदैनन् किनकि प्रत्येक्ष स्वस्थ मान्छेमा ती समस्याहरु देखिन्छन् । मेरो मतलब ती गल्तीहरुसँग सम्बन्धित छन्, जो प्रत्येक मान्छेले अनुभूत गर्छ र केही भन्न चाहन्छ तर गलत शब्द बोल्न जान्छ या यसप्रकारको गल्ती लेख्नमा पनि गर्दछ । त्यसमाथि उसको ध्यानै जाँदैन या कुनै मान्छे कुनै छोपेको या लेखेको चीजलाई गलत पढ्दछ अथवा कसैले केही भन्यो भने त्यसलाई ऊ गलत सुन्दछ तथापि उसको श्रवण इन्द्रियमा भने कुनै रोग ने हुदैन । यसप्रकारको अर्को घटना यस्तो हुन्छ जसमा मान्छे कुनै कुरालाई केही समयको लागि भुल्दछ तर सधैँको लागि होइन । जस्तै उदारणको लागि कुनै मान्छे कुनै नाम राम्ररी जान्दछ तर उसलाई सोच्दा सोच्दा पनि उसलाई याद आउँदैन । तर त्यो चिज देख्नेबित्तिकै ऊ त्यसलाई तुरुन्त चिन्दछ । या कोहि मान्छे कुनै काम गर्न चाहन्छ तर भुल्ने गर्दछ र तुरुन्त चिन्दछ । या कोही मान्छे कुनै काम गर्न चाहन्छ तर भुल्ने गर्दछ र फेरी पछि उसलाई त्यो याद आउदँछ । यसकारण उसले त्यसलाई केही समयको लागि मात्र बिर्सेको थियो । अर्को घटना यो हो, जसमा मान्छेले थोरै समयको भुल गर्दैन । जस्तै कुनै चीज कहीँ राखेको छ भने त्यसलाई खोज्न नसक्नु । यो भुलक्कड्पनभन्दा केही फरक प्रकारको हुन्छ । यससँग सम्बन्धित अन्य केही भूलहरु पनि हुन्छन्, जसमा फेरी उही थोरै समयसम्म हुने कुरा देखिन्छ । जसरी एक मान्छे कुनै कुरालाई केही समयको लागि साचाँे मान्दछ तर त्योभन्दा पहिले र त्योभन्दा पछि ऊ त्यसलाई झुटो रुपमा लिन्छ । यस्तै प्रकारको कैयौँ गल्तीहरु देखिन्छन् जसको हामीले अलग अलग नाम दिएका छौँ । जर्मन भाषामा यसप्रकारको सबै घटनाहरुमा सामेल केही भित्री सम्बन्ध उपसर्गको प्रयोग गरेर सूचित गरिन्छ । (नेपालीमा अप उपसर्ग अर्थको वाचक हुन्छ । यी सबै शब्द प्रायः महत्वहीन क्रियाहरुको वाचक हुन्छन् । यी क्रियाहरु विशेष गरी थोरैबेर रहने हुन्छन् र जिन्दगीमा तिनको खास महत्व हुँदैन । यस्तो धेरै कम कि यसप्रकारको घटनाको व्यहारमा कुनै महत्व होस् जसरी कुनै चीज हराउँदा हुन्छ । यहि कारण यस्ता घटनाहरु माथि कुनै ध्यान दिइदैन र तिनको विषयमा कुनै विशेष भावना पैदा हुँदैन । अब म तपाईसँग यी घटनाहरुलाई ध्यान दिनको लागि भन्न चाहन्छु । तर तपाई धेरै दिक्क बन्नु हुनेछ र यसो भन्नुहुनेछ कि यो ठुलो दुनियाँमा र आत्माको सानो दायरामा यति धेरै र यति ठुला ठुला कामहरु छन्, मनोरोगको क्षेत्रमा यति धेरै समस्या रहेका छन् कि जसलाई सुल्झाउनु छ । यस्तो स्थितिमा यी साना साना कुरामाथि आफ्नो मेहनत खेर फाल्नु साँच्चिकै वाईयात कुरा हो ।
सानोतिनो कुरा कि कोही मानिस गलत शब्दको प्रयोग गर्दछ या कुनै गृहिणी कतै आफ्ना चाबीहरु राखेर किन भुल्छिन् आदि, धेरै चाखलाग्ने कुरा यदि मनोविश्षलेण प्रस्तुत गर्न सक्दैन भने हामी आफ्नो समय उपयोग गर्न अन्य कुराहरु कै खोजी गर्दछ । मेरो जवाफ यो होः कृपया धैर्य गर्नुहोस् ।
ठीक आँखा र कान आदि अङ्ग हुने कुनै पनि मान्छे दिउँसो सबैको सामन्ने यस्ता चीजहरु देख्न र सुन्न सक्दछन् जो कहीं पनि छैन । अथवा कुनै मानिस कुनै तरिकाले एकाएक यो मान्दछ कि उसका इष्टमित्र उसलाई सताईरहेका छन् या बच्चाहरु पनि । समान्य लाग्ने भ्रमलाई कोही मानिस ठुला ठुला चातुर्यताको प्रमाण दिएर सही मान्न सक्दछन् । त्यसैले हामी मनोविश्लेषणलाई साँच्चि नै कुनै महत्वपूर्ण वस्तु मान्न तयार भयौं । यसप्रकारको सानोतिनो कुरा कि कोही मानिस गलत शब्दको प्रयोग गर्दछ या कुनै गृहिणी कतै आफ्ना चाबीहरु राखेर किन भुल्छिन् आदि, धेरै चाखलाग्ने कुरा यदि मनोविश्षलेण प्रस्तुत गर्न सक्दैन भने हामी आफ्नो समय उपयोग गर्न अन्य कुराहरु कै खोजी गर्दछ । मेरो जवाफ यो होः कृपया धैर्य गर्नुहोस् । तपाईको आलोचना सही बाटोमा चलेको छैन । यो हैन कि यसले कहिल्यै सानो कुरामाथि विचार गरेन । यसको विपरीत यसको जाँच गर्ने विधिहरु आम तरिकाले ती हर ठाउँमा हुने मामुली घट्नाहरु नै हुन्छन्, जसलाई अर्को विज्ञानले निरर्थक या यस्ता घटनामय संसारलाई सम्झेर पर फ्याँकी दिएको छ । तर तपाई जुन आलोचना गर्दै हुनुहुन्छ, त्यसमा समस्याको महत्वलाई र त्यो समस्यलाई देखाइदिने रुपलाई बिगारी रहनुभएको त छैन ? के यो हुन सक्दैन कि कुनै समय र केही अवस्थाहरुमा ठुलो महत्वको कुरा धेरै हल्का संकेतहरुद्धारा आफैँ चियाइन्छन् ? म यसको धेरै उदारण सजिलै दिन सक्दछु ।
अब तपाई यो हेर्नुस कि मनोविश्लेषणको ज्ञान नहुने मान्छेलाई सोधियो भने यी घटनाहरुको के व्याख्या गर्दछ ? सबैभन्दा पहिले ऊ निश्चित रुपले यो जवाफ दिन्छ , ओहो यिनीहरुको के व्याख्या हुन्छ । यिनीहरु त आफैँ गलत छन् । उसको यो कुराको के अर्थ हो ?
उदारणको लागि कुनै युवतीको हृदयको समर्पण तपाई युवकहरुलाइए कति हल्का संकेतले थाहा हुन्छ । के तपाई शब्दहरुमा उसको निर्णय या प्रगाढ आलिङ्गनको आशा गर्नुहुन्छ या तपाई एउटा नजरले, एक लज्जालु मुस्कानले, या एक सेकेण्डभन्दा बढी हात मिलाउँदा सन्तुष्ट हुन सक्नुहुन्न ? अथवा मान्नुस् कि तपाई जाजूस हो र एउटा हत्याको हत्यारा पत्ता लगाउन निस्किनु भएको छ भने के तपाई यो सम्झिनु हुन्छ कि हत्याराले हत्या भएको ठाउँमा आफ्नो नाम, ठेगना, फोटो छोडेर गएको होला ? के तपाईले हत्यासँग सम्बन्धित साधारण र स साना कुराहरुकाृ खोजी गर्नु पर्दैन । 
जुन मानिस त्यसरी सही बोल्दछ, ऊ यी ती अवस्थाहरुमा गलत बोल्न सक्छः १) जब ऊ थाकेको वा अस्वस्थ हुन्छ  २) जब ऊ धेरै उत्तेजित हुन्छ  ३) जब उसको ध्यान कुनै अरु चीज माथि केन्द्रित हुन्छ
साना चिन्हहरुलाई मामुली नसम्झनुस् । हत्यारासँग सम्बन्धित स साना चिन्हहरुबाट नै हामी उक्त घटनाको निचोडसम्म पुग्न सक्छौं । यस्तै गरी तपाईझैं मलाई पनि यो लाग्छ कि संसारका र विज्ञानका ठुला ठुला समस्याहरुलाई हामीले आफैं मनन् गर्नु पर्छ । तर मनन् गर्नुभन्दा पहिले कुनै मान्छे एउटा ठुलो समस्यालाई जाँच्नै पर्ने इच्छा प्रकट गर्दछ भने त्यसपछि ऊ पूर्ण रुपले यस समस्यामा अल्झिन जान्छ । वैज्ञानिक काममा यो राम्रो हुन्छ कि कुनै कुराको खोजीको बाटोमा जुन तथ्य आउँछ त्यसैलाई समाधान गर्नु पर्दछ । यदि तपाईले त्यसलाई पुरै समाधान गर्नुभयो र कुनै पुराना संस्कारहरु अथवा पहिले नै बनेका विचाहरुको माझमा फस्नु भएन भने हर सानो चीजको हर ठुलो चीजसँग नाता रहेझैं तपाई सानै कुराबाट समाधानको धेरै नजिक पुग्न सक्नु हुन्छ । यसै दृष्टिले म चाहन्छु कि तपाईहरु हेर्दा सानो देखिने गल्तीहरु माथि ध्यानपूर्वक नियाल्नुस् । अब तपाई यो हेर्नुस कि मनोविश्लेषणको ज्ञान नहुने मान्छेलाई सोधियो भने यी घटनाहरुको के व्याख्या गर्दछ ? सबैभन्दा पहिले ऊ निश्चित रुपले यो जवाफ दिन्छ , ओहो यिनीहरुको के व्याख्या हुन्छ । यिनीहरु त आफैँ गलत छन् । उसको यो कुराको के अर्थ हो ? के ऊ यो भन्न चाहन्छ कि ती कार्यहरु कारणको
हामी उसको बारेमा भन्न सक्दछौं कि योभन्दा त संसारको बारेमा धार्मिक दृष्टिकोण नै अटल छ, जो जबरजस्ती हामीलाई यो भरोसा गराउँदछ, तिम्रो इच्छा विपरीत, हे प्रभु एक पात त हल्लिदैन, न त कुनै फुल फुल्छ भने तिमी नै सर्वसक्तिमान छौं ।
नियमले बाँधिएका हुँदैनन्, कि तिनीहरु जुरुपमा हुन्छन् त्यसैले दोस्रो रुपमा पनि हुनसक्थे ? जो मानिस यस किसिमले कुनै एउटा पनि कुरालाई प्राकृतिक घटनाहरुको कार्य कारणको नियमको अछुत बनाउँछ, उसले विज्ञानको सबै अर्थहरुलाई बेवास्ता गरेको ठहर्छ । हामी उसको बारेमा भन्न सक्दछौं कि योभन्दा त संसारको बारेमा धार्मिक दृष्टिकोण नै अटल छ, जो जबरजस्ती हामीलाई यो भरोसा गराउँदछ, तिम्रो इच्छा विपरीत, हे प्रभु एक पात त हल्लिदैन, न त कुनै फुल फुल्छ भने तिमी नै सर्वसक्तिमान छौं । म बुझ्दछु कि आलोचकं आफ्नो पहिलाृ जवाफलाई तर्कद्धारा निस्किने अन्तिम परिणामसम्म लैजान चाहँदैन । ऊ हार मान्छ र भन्छ कि यदि तपाई यी कुराहरुलार्य नियाल्न चाहनु हुन्छ भने म चाँडै नै यिनीहरुको कुनै व्यख्या खोजेर निकाल्छु । यसको कारण शरीरको अंगको कार्यमा कुनै गडवडी वा मनको कार्यमा कुनै कमी हुन्छ । जु अवस्थालाई पत्ता लगाउन सकिन्छ । जुन मानिस त्यसरी सही बोल्दछ, ऊ यी ती अवस्थाहरुमा गलत बोल्न सक्छः १) जब ऊ थाकेको वा अस्वस्थ हुन्छ । २) जब ऊ धेरै उत्तेजित हुन्छ । ३) जब उसको ध्यान कुनै अरु चीज माथि केन्द्रित हुन्छ । यसको सत्यतालाई सजिलै जाँच्न सकिन्छ । बोल्दाको गल्ती साँच्चि नै तब सबैभन्दा बढी हुन्छ जब मान्छे थाकेको हुन्छ । उसकाृ टाउको दुखेको छ या उसलाई अस्वस्थताको महसुस भएकाृ छ । यस्तो हालतमा मानिसमा कुनै अफिस, कुनै स्थान आदिको नाम प्रायः याद रहँदैन । धेरै मान्छेहरु त्यस्ता कुराहरुको नाम याद नआउनाले दिक्क हुन जान्छन् । उत्तेजनामा पनि मानिसले शब्दहरु धेरै गलत तरिकाले प्रयोग गरिरहेका हुन्छन् । जब मान्छेको ध्यान कुनै अन्य चीजमाथि रहेको हुन्छ, तब ऊ मनमा आएको कुरा भुल्न जान्छ र यस्तै कति नचाहेको काम गरिरहेको देखिन्छ । यसप्रकार मन कहीं अन्तैतिर हुनेको एक प्रसिद्ध उदारण म दिन चाहन्छु । ( फ्रायडको मनोविश्लेषण पुस्तक बाट साभार )
Categorized in राष्ट्रिय