STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इथियोपियन एयरलाइन्स विमान दुर्घटना , ९० जनाको ज्यान गयो

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २६, आइतबार

इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ। उडेको ६ मिनेटपछि स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा विमान दुर्घटना भएको एयरलाइन्सका एकजना प्रवक्ताले बताएका छन्। दुर्घटनाको कारण थाहा हुन सकेको छैन। एयरलाइन्सका अनुसार विमानमा विभिन्न ३३ मुलुकका यात्री थिए।

हताहती

एकजना प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार विमान खस्दा त्यसमा आगो लागिरहेको थियो। उनले भने, "विस्फोटको आवाज र आगो यति कडा थियो कि म नजिक जाने आँट गर्न सकिनँ।" दुर्घटनामा भएको हताहतीबारे एयरलाइन्सले अहिलेसम्म केही उल्लेख गरेको छैन। यसअघि एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, "दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्‌कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।" "दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना" भन्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्। अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो। पहिचान सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ। यद्यपि सन् २०१० मा बेरुतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो। उक्त दुर्घटनामा ९० जनाको ज्यान गएको थियो।  बीबीसी 
Categorized in अन्तर्राष्ट्रिय