STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इथियोपिया विमान दुर्घटनाः मृत्यु हुनेमा नेपाली महिला एकता अधिकारीसहित राष्ट्रसङ्घका १९ कर्मचारी

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार

इथियोपिया विमान दुर्घटनाः मृत्यु हुनेमा एक नेपाली महिलासहित राष्ट्रसङ्घका १९ कर्मचारी इथियोपियामा आइतवार भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीमा कार्यरत नेपालकी एकता अधिकारीसहित संयुक्त राष्ट्रसङ्घका १९ कर्मचारी रहेको पुष्टि भएको छ। राष्ट्रसङ्घको केन्यास्थित सुरक्षा विभागले तीमध्ये डब्ल्यूएफपीका सात, शरणार्थी निकाय यूनएचसीआरका दुई, इन्टर्न्याश्नल टेलिकम्युनिकेशन्स युनियन आईटीयूका दुई एवम् नाइरोबीस्थित यूएन कार्यालयका छ कर्मचारी भएको जनाएको छ। फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशन एफएओ, इन्टर्न्याश्नल अर्गनाइजेशन फर माइग्रेशन आईओएम सुडानका एक, विश्व ब्याङ्क, र राष्ट्रसङ्घको सोमालियास्थित मिशन अन्सोमका एक कर्मचारी पनि सो विमानमा थिए। एक सय ४९ यात्री र चालकदलका आठ सदस्यसहित आदिस अबाबाबाट उडेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो। बीबीसी
Categorized in अन्तर्राष्ट्रिय