-
२०७५ फाल्गुण २९, बुधबार
राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित...
-
२०७५ फाल्गुण २९, बुधबार
घर फर्कने अवस्थामा चेपाङ विद्यार्थी
दाताको सहयोग नआएपछि रत्ननगर–१५ माधवपुरस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थी घर फर्कने अवस्थामा पुगेका छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयले साविक सिद्धी गाविसका विपन्न, आमा बुबा जेलमा परेका र टुहुरा चेपाङ बालबालिकालाई आवसीय सुविधासहित विद्यालयमा अध्यापन गराउँदै आए पनि अहिले आर्थिक अभावले उनीहरुको अध्यापनमा समस्या देखिएको हो । विद्यालयले दाताकै सहयोगमा २०६९ सालदेखि...
-
२०७५ फाल्गुण २९, बुधबार
सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ ः अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ भन्नुभयो । डा खतिवडाले भन्नुभयो, “सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि...
-
२०७५ फाल्गुण २९, बुधबार
प्राविधिक विद्यालयमा विद्यार्थी कम
महालक्ष्मी नगरपालिकाभित्रको जिल्लाकै एकमात्र नमूना तथा पहिलो प्राविधिक विद्यालय विश्वामित्र गणेश माविमा कोटाअनुसार मात्र ५० प्रतिशत विद्यार्थीले विद्युतीय इञ्जिनीयरिङ अध्ययन गरिरहेका छन् । सो विषय अध्ययन तथा अध्यापनप्रति यहाँका अभिभावकको गलत बुझाइ परेका कारण आधा नै विद्यार्थी सङ्ख्या कमी भएको प्रधानाध्यापक ठाकुरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म विद्युतीय...
-
२०७५ फाल्गुण २९, बुधबार
एक हजार तीन सय कर्मचारी कारवाहीका लागि सिफारिस
राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । उहाँका अनुसार छड्ेक अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने ३४३ कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको हो ।...
-
२०७५ फाल्गुण २९, बुधबार
जापानको वाकायामा प्रान्तमा ५।२ म्याग्नीच्युडको भूकम्प
जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५।२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको...
-
२०७५ फाल्गुण २८, मंगलबार
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर...
-
२०७५ फाल्गुण २८, मंगलबार
सिएसडब्ल्यूमा भाग लिन राष्ट्रपति न्यूयोर्कमा
राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यू०को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । राष्ट्रपति भण्डारीलाई जोन एफ केनेडी...
-
२०७५ फाल्गुण २८, मंगलबार
हालसम्म चार हजार विद्यालय पुनःनिर्माण
विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ ९शिक्षा०का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण...
-
२०७५ फाल्गुण २८, मंगलबार
सामाजिक सुरक्षा भत्ता घरघरमै
बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गर्नुभयो । घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा...
-
२०७५ फाल्गुण २८, मंगलबार
उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने
बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको अधिकार र कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा आयोगका प्रदेश नं...
-
२०७५ फाल्गुण २८, मंगलबार
धम्कीसँगै चन्दा उर्दी
दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा...


