STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण ३०, बिहिबार

    विद्यालयमा बालबालिकालाई शारीरिक तथा मानसिक सजाय

    विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा विद्यालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार पछिल्लो चार महीनामा विभिन्न सञ्चारमाध्यममा चार वटा शारीरिक सजायका घटना सार्वजनिक भएका छन् । यी सजायका...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    मौसम बदली ः हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार यसको प्रभाव आज रातिसम्म कायम...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    महासङ्घको भवन निर्माण शुरु

    नेपाल पत्रकार महासङ्घ पूर्वी नवलपरासीे शाखाको कार्यालय भवन कावासोतीमा बनाउने योजनालाई महासङ्घ जिल्ला शाखाले अगाडि बढाएको छ । भवन निमार्णका लागि पहिलो चरणमा जग्गा व्यवस्थापनको काम थालिएको महासङ्घका जिल्ला अध्यक्ष होमराज रानाभाटले जानकारी दिनुभयो । जग्गा व्यवस्थापनपश्चात् करीब रु एक करोड ५० लाख खर्च गरेर सुविधा सम्पन्न भवन बनाउने योजना रहेको महासङ्घ शाखाका सचिव प्रेम न्यौपानेले बताउनुभयो ।

  • २०७५ फाल्गुण ३०, बिहिबार

    बलात्कारीलाई आजीवन कारावास

    केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ ।प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र भmाले रासससँगको कुराकानीमा फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको छ भन्नुभयो । उक्त कानूनलाई कार्यान्वयनमा ल्याउन प्रहरी र सरकारी वकिलको कार्यालयलाई निर्देशन...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो । फ्रान्सेली गैरसरकारी संस्थाहरु प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण परियोजना र ट्राङ्गल जेनेरेसन ह्युमानिटायरलाई बृद्धबृद्धाको...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    जनकपुर–जयनगर रेल चलाउने तयारी

    वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    मगर जाति हुर्रा नाच संरक्षणको अभियानमा

    वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले।।। पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ, सङ्खुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    सुडानी राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, निकास निस्कने छाँट छैन

    सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताउनुभएको छ । तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दशकदेखि नै राष्ट्रपति बासिर सत्तामा हुनुहुन्छ । उहाँकै शासनकालमा तेलको धनी...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

    संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो । इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रुपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    बम निष्क्रिय

    विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    दुई विधेयक स्वीकृत

    राष्ट्रियसभाको आजको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग विधेयक प्रस्तुत...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    स्वास्थ्य संस्थामा औषधि अभाव

    जुम्लाको पूर्वी भेगमा पर्न पातारासी गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । स्वास्थ्य संस्थामा औषधि अभावका कारण उपचारका लागि आएका बिरामी फर्केर जाने गरेका छन् । औषधि अभावका कारण स्वास्थ्य संस्थाको ढोकामात्र खोलेर बस्ने काम मात्र भएको छुमचौर स्वास्थ्यचौकीका प्रमुख प्रकाश सापकोटाले बताउनुभयो । गाउँपालिकामा रहेका चारवटै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । औषधि अभाव भएको दुई...

Pages