STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३०, बिहिबार

संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो । इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रुपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो । यही मोडेलको लायन एयरको विमान पनि छ महिनाअघि इन्डोनेसियामा उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो । राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेलगत्तै अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासनले बोइङ ७३७ म्याक्स सिरिजका विमानमा कुनै कमजोरी नदेखेको दाबी गरेको छ । यद्यपी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै विमानका बारेमा केही “नयाँ सूचना” प्राप्त भएको बताउनुभएको थियो तर उहाँले यस बारेमा विस्तृत जानकारी दिन अस्वीकार गर्नुभयो । “सबै विमानको उडान स्थगन गरियो, र यो तत्कालै लागू भएको छ,” ट्रम्पले बताउनुभयो । ट्रम्पले अमेरिकी जनताको सुरक्षा सर्वोपरी महत्वको भएको जनाउँदै अमेरिकी नागरिक उड्डयन प्रशासनले यस बारेमा थप प्रष्ट पार्ने बताउनुभयो । राष्ट्रपति ट्रम्पले क्यानडाका अधिकारीहरु, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरी बोइङ ७३७ म्याक्सका उडान स्थगन गर्ने घोषणा गरिएको बताउनुभयो ।
Categorized in अन्तर्राष्ट्रिय