-
२०७५ चैत्र ३, आइतबार
अफगानिस्तानमा आक्रमण सातको मृत्यु
अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो । त्यसैगरी गजनी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा शनिबार साँझ...
-
२०७५ चैत्र ३, आइतबार
पत्रकार सुवेदीको उपचारार्थ सहयोग
नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको अगुवाइमा पत्रकार अर्जुन सुवेदीको उपचारार्थ सङ्कलित रु एक लाख पाँच हजार ११३ हस्तान्तरण गरिएको छ । महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरियो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले कोरिया शाखालाई धन्यवाद दिनुभयो । रकम ग्रहण गर्नुहुँदै पत्रकार सुवेदीले शुभचिन्तक तथा सहयोगीलाई आभार व्यक्त...
-
२०७५ चैत्र ३, आइतबार
इष्टर्न हाइड्रोपावरको शेयर खुला
पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १०...
-
२०७५ चैत्र ३, आइतबार
मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी ९बिजेपी०को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उहाँले अभियानको सुरुवात गर्नु भएको हो । “तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै...
-
२०७५ चैत्र ३, आइतबार
मल्लकालमा माथिल्लो टोल मात्र सुर्वणप्रणाली महानगर
मल्लकालमा (सम्पूर्ण कान्तिपुर इलाकालाई नभई) माथिल्लो टोलहरुको इलाकालाई मात्र सुर्वणप्रणाली महानगर भनी सम्बोधन गर्ने चलन चलेनको देखिन्छ । यो नाम लेखिएका सबैजसो अभिलेखहरुले कान्तिपुर शहरका माथिल्ला टोलहरु खास गरी ठहिटी इलाकालाई अङकित गरेको पाइन्छ । केही इतिहासकारहरुले मल्लकालमा विदेशी व्यापार बढेको हुँदा कान्तिपुर शहर समृद्ध हुन थालेको थियो, यही समृंद्धि व्यक्त्याउन यस शहरको नाम केही सन्दर्भमा श्री...
-
२०७५ चैत्र ३, आइतबार
‘फेवाताल जोगाऔँ’
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासका लागि फेवातालको संरक्षण गर्न एकीकृत योजनाको खाँचो रहेको बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्शले आज पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र नयाँ लगानीको विषयमा पर्यटन व्यवसायीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले पोखरा र आसपासका जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सामूहिक पहलको खाँचो औँल्याउनुभयो । “फेवाताल...
-
२०७५ चैत्र ३, आइतबार
वल्र्ड रेकर्डका लागि समिट तिमिल्सिनाले एकमिनेटमा एकसय भन्दा बढी व्यक्तिसँग अँगालो
वल्र्ड रेकर्डका लागि समिट तिमिल्सिनाले एकमिनेटमा एकसय भन्दा बढी व्यक्तिसँग अँगालो मारेका छन् । आइतबार काठमाडौंको तारकेश्वर नगरपालीका नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय मेधावी विधार्थी समिट तिमिल्सिनाले एक मिनेटमा १ सय १३ व्यक्तिसँग अँगालो मारेका छन् । विद्यालयमा आयोजित एक कार्यक्रमकावीच नेपाल सरकारका पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुखआतिथ्यता एवमे...
-
२०७५ चैत्र ३, आइतबार
बालविवाह र छोरा पाउने आशले महिलामा स्वास्थ्य समस्या
उमेर नपुग्दै आमा बन्दा र छोरा पाउने आशामा धेरै सन्तान जन्माउँदा बारेकोट गाउँपालिकाका महिलाका स्वास्थ्यमा बढी समस्या देखिएको छ । विवाह गर्ने उमेरसम्म दुईभन्दा बढी सन्तान जन्मदा महिलाको स्वास्थ्यमा विकराल समस्या आएको बारेकोट गाउँपालिका स्वास्थ्य तथा सरसफाइ उपशाखाका प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो । उपशाखाले गाउँपालिकाको लिम्सामा गरेको स्वास्थ्य शिविरमा ९९ महिलामध्ये २३ महिलामा पाठेघरको...
-
२०७५ चैत्र ३, आइतबार
साफ महिला फुटबलमा भारत विजयी
पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् । भारतले खेलको चौथो मिनेटमा नै दाङमेईले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् भने पहिलो गोल भएको...
-
२०७५ चैत्र १, शुक्रबार
तेल पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै
–विमलबहादुर विष्ट डोटीलगायत सुदूरपश्चिम प्रदेशका समग्र पहाडी जिल्लामा परम्परागत तेल पेल्ने कोल लोप हुन थालेको छ । यातायातको विकाससँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल एकपछि अर्काे गर्दै लोप हुन थालेका छन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि...
-
२०७५ फाल्गुण ३०, बिहिबार
बिस्काः जात्रा, कार्यदल गठन
भक्तपुरको प्रसिद्ध बिस्काः ९बिस्केट० जात्रा व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न विभिन्न कार्यालयका प्रमुख, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीको भेलाले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा ११ सदस्यीय विशेष कार्यदल गठन गरेको छ । त्यस्तै भेलाले नगरपालिकाले माइकिङ, सूचना प्रवाह, पर्चापम्प्लेट प्रकाशित गर्ने र नगरवासीलाई विभिन्न गतिविधिमार्फत शान्तिपूर्णरूपमा जात्रा सञ्चालन...
-
२०७५ फाल्गुण ३०, बिहिबार
राष्ट्रपतिको सम्मानमा स्वागत समारोह
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सीएसडब्ल्यू०को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना गर्नुभएको हो ।...


