STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र ५, मंगलबार

    व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

    सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोदेबर्साइन नगरपालिका–५ मा तयारी शृङ्गार र कपडा पसल सञ्चालन...

  • २०७५ चैत्र ५, मंगलबार

    बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

    निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ । नयाँ जहाजको रङ्गरोगन तथा...

  • २०७५ चैत्र ५, मंगलबार

    मदन भण्डारी राजमार्ग निर्माण अवरुद्ध

    सुनसरीको चतरा हुँदै उदयपुरको गाईघाट, सिन्धुली, हेटौँडा भएर राजधानी काठमाडाँै जोड्ने मदन भण्डारी मार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेमा सडक विस्तार गर्ने क्रममा चुहाडेको ज्योति उच्च माविसहित स्थानीयवासीको दर्जनौँ घरहरु नै भत्कने भएपछि तीन दिनदेखि सो मार्गको निर्माण कार्य अवरुद्ध भएको छ । मदन भण्डारी वैकल्पिक राजमार्ग निर्माण तथा विस्तार गर्ने क्रममा त्रियुगा नगरपालिकाको चुहाडे खण्डमा...

  • २०७५ चैत्र ५, मंगलबार

    मेक्सिकोमा २० वटा नयाँ तेलकुवा विकास गरिने

    मेक्सिको सरकारले यसै वर्ष मेक्सिको खाडी र त्यस वरपर नयाँ २० वटा तेल खानीको विकास गरिने घोषणा गरेको छ । सरकार नियन्त्रित पेट्रोलिओस मेक्सिकानोस ९पेमेक्स०का महानिर्देशक ओक्टाभियो रोमेराले १६ वटा तेलकुवा गल्फ अफ मेक्सिकोको तटीय इलाकामा रहने जानकारी दिनुभयो । अरु तीन वटा तेलकुवा टाबास्को र एउटा भेराक्रुजमा रहनेछन् । यसै वर्ष सन् २०१९ को अन्त्यसम्ममा तेल उत्खनन् शुरु हुने अपेक्षा गरिएको पेमेक्सले...

  • २०७५ चैत्र ५, मंगलबार

    हाँस्दै खेल्दै रमाउने चाड होलि

    फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म आठ दिन होलि मनाइन्छ । यो बसन्तको लालि चढेर जता हेरे पनि लतरसम्म फुल फुलेर वातावरण रंगाीन हुने बेलामा मनाइने रङ्ग खेल्ने चाड हो । यो अबिर दलेर, अबिर भरेको लोलाले हानेर, रङ्ग छ्यापेर रसरङ्गले विगोगर भएर हाँस्दै खेल्दै रमाउने चाड हो । को बच्चा, को तन्नेरी, को तरुणी सबै मिलेर केही भेदभाव नराखी मनाउने यो मेलमिलाप चाड हो । आजकाल लोलाको सट्ठा बेलुनमा रङ्ग...

  • २०७५ चैत्र ४, सोमबार

    पुर्जा भएको जमीन भारतीयको कब्जामा

    आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले भन्नुभयो, “खेतमा खनजोत गर्न...

  • २०७५ चैत्र ४, सोमबार

    अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने

    अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको पाइएकाले तोकिएको समयमै त्यस्ता...

  • २०७५ चैत्र ४, सोमबार

    चिकित्सक आएपछि खुशियाली छायो

    कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनाता खुशी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधा सम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुशी भएका हुन् । हाल अस्पतालमा आधा दर्जन भन्दाबढी विशेषज्ञसहितका चिकित्सकले भएकाले बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ । लामो समयदेखि ‘रेफर सेन्टर’का रुपमा...

  • २०७५ चैत्र ४, सोमबार

    सम्बन्धविच्छेदका घटना बढ्दै

    नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षका जिम्मेवारी सरेका ५२ र यस वर्ष १७३ गरी २२५ मुद्दा पुग्नसक्ने अपेक्षा थियो तर चालू आवको आठ महीनामा मात्रै २२९ मुद्दा...

  • २०७५ चैत्र ४, सोमबार

    काठमाडौंमा भूकम्पको धक्का, मकवानपुरको चित्लाङ केन्द्रबिन्दु

    काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो । मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ । ०७२ को गोरखा भूकम्पपछि लामो...

  • २०७५ चैत्र ४, सोमबार

    गोरखा भूकम्पको परकम्प

    आज बिहान ९ बजेर एक मिनेट जाँदा ४।१ रिक्टर स्केलको भूकम्प भएको छ । मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • २०७५ चैत्र ४, सोमबार

    मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

    मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ । शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा...

Pages