-
२०७५ चैत्र ५, मंगलबार
दुई पटक भूकम्पको धक्का
बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिनुभयो । गोरखा...
-
२०७५ चैत्र ५, मंगलबार
नयाँ वर्षको अवसरमा व्यापार मेला
नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत् औद्योगिक मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला’ आयोजना गर्न लागेको हो । आयोजक संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले मेला आगामी चैत २१ गतेदेखि वैशाख २ गतेसम्म हुने जानकारी दिनुभयो । उपभोक्तालाई एकै थलोबाट...
-
२०७५ चैत्र ५, मंगलबार
सुनसान सङ्क्राम
शान्ति सम्झौतापछि विसं २०६४ मङ्सिर २५ गते तुलसीपुर उपमहानगरपालिका–१९ सङ्क्राममा दीर्घ स्मृति ब्रिगेडअन्तर्गतका तीन बटालियनसहितको दुई हजार जनमुक्ति सेना बस्न थाले । सेना समायोजनपछि लामाखोला महिला सामुदायिक वन क्षेत्रमा दश बिघा क्षेत्रफलमा फैलिएको तत्कालीन माओवादी शिविर संरचना सुरक्षाका लागि सशस्त्र प्रहरीले २०६८ फागुन २७ गतेदेखि खटियो । तर यही फागुन १ गतेदेखि सशस्त्र प्रहरी बस्न छाडेपछि हाल उक्त...
-
२०७५ चैत्र ५, मंगलबार
महीला सामूहिक लसुन खेतीतर्फ
दाङको घोराही उपमहनगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघाहा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै आएका छन् । मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष कैलाशी चौधरीले बताउनुभयो । समूहको करीब १० लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना ९रिझम०को रु ११ लाख...
-
२०७५ चैत्र ५, मंगलबार
बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे
बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपालमा झन्डै एक हजार २९४ इँटा उद्योगमा करीब दुई लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये ३२ हजारभन्दा बढी बालबालिका आफ्ना अभिभावकसँगै बालश्रम गर्न बाध्य छन् । अझ निर्माण क्षेत्रमा पनि व्यापक बालश्रम प्रयोग भइरहेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनु जरुरी देखिएको छ ।...
-
२०७५ चैत्र ५, मंगलबार
उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले उत्तर कोरियासँग अमेरिकाले चासो राखिरहेको र यस विषयमा आवश्यकताअनुसार...
-
२०७५ चैत्र ५, मंगलबार
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित
कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुनुहुन्छ । हाल उहाँ बर्खास्त हुनुहुन्छ । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ृण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त...
-
२०७५ चैत्र ५, मंगलबार
घर नक्साको विद्युतीय अभिलेखीकरण गरिँदै
पोखरा महानगरपालिकाले घर नक्सापासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण गराउने काम शुुरु गरेको छ । साविक लेखनाथ नगरपालिका एवं हाल पोखरा–२७ मा रहेको कार्यालयमा सञ्चालन गरिएको अभिलेखीकरणको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो । प्रविधिमैत्री सेवाले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताउँदै उहाँले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइनमार्फत भए कर्मचारीले...
-
२०७५ चैत्र ५, मंगलबार
आलेख ः ४४ वर्ष बित्यो, सडक बनेन
दाङ र सुर्खेतलाई सडकले जोड्ने ४४ वर्ष अघिदेखिको योजना अझै पूरा हुन सकेको छैन । पञ्चायतकालदेखि यो सडकको निर्माण प्रक्रिया शुरु भएको थियो । पञ्चायतको अन्त्यपछि देश बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि यो सडक पूरा भएको छैन । विसं २०३१ असारतिर तत्कालीन निर्माण तथा यातायात मन्त्रालय सडक विभागअन्र्तगतको योजना शाखाका लक्ष्मणप्रसाद घिमिरेले दाङ–सुर्खेत सडक निर्माणको प्रस्तावसहित दाङ,...
-
२०७५ चैत्र ५, मंगलबार
शिशुको नाम ‘शिलान्यास’
ठाउँ विवाद सुल्झिएपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा स्वास्थ्यचौकी शिलान्यासको तयारी चल्दै थियो । स्थापना भएको ४६ वर्षपछि स्वास्थ्यचौकीको नयाँ भवन बन्ने खबरले गाउँले हर्षित थिए । आइतबार बिहानैदेखि देउरालीमा बेग्लै चहलपहल देखिन्थ्यो । पाहुनाको सत्कारदेखि कार्यक्रम व्यवस्थापनमा युवादेखि पाकासम्म सबै खटिएका थिए । स्वास्थ्यचौकी भवनको निर्माण शुभारम्भ गर्न मन्त्री नै आउने भएपछि प्रबन्ध त्यही...
-
२०७५ चैत्र ५, मंगलबार
विप्लवका १७ कार्यकर्ता पक्राउ
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ...
-
२०७५ चैत्र ५, मंगलबार
आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
परिवार नियोजनका आधुनिक साधनमाथि प्रजनन उमेरका महिलाको पहुँच अत्यन्त न्यून रहेको छ । परिवार नियोजन, मातृत्व र नवजात शिशु स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान गर्दै आएका अमेरिकास्थित गुट्मार इन्ष्टिच्यूट र नेपालस्थित वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र९कृपा०ले गरेको एक अध्ययन अनुसार नेपालमा आधुनिक परिवार नियोजनका साधनको प्रयोगदर विगत ६० वर्षमा ४३ प्रतिशत र समग्र परिवार नियोजन...


