-
२०७५ चैत्र ५, मंगलबार
बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने
बूढानीलकण्ठ नगरपालकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो । उहाँका अनुसार विकास, प्रबन्धन, सुशासन र चेतनालगायत विषयवस्तु समेटिएको पाठक्रम तयार गरी आगामी...
-
२०७५ चैत्र ५, मंगलबार
‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’
कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उहाँ स्वास्थ्यमा सुधार नभएपछि घरमै थला पर्नुभएको छ । बमको आर्थिक अवस्था कमजोर छ । “मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, उहाँ पीडा सुनाइ रहनुहुन्छ । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी...
-
२०७५ चैत्र ५, मंगलबार
मोजाम्बिकमा सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका
मोजाम्बिमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिनु भएको छ । आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा...
-
२०७५ चैत्र ५, मंगलबार
होली पर्व ः उच्छृङ्खल देखिए कारवाही
रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले...
-
२०७५ चैत्र ५, मंगलबार
उपकुलपति र डीन कार्यालयमा तालाबन्दी
विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षाबाट वञ्चित भएको विषयमा शीघ्र कारवाहीको माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी० ले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका छन् । अनेरास्ववियु ९क्रान्तिकारी० का अध्यक्ष रञ्जित तामाङ,...
-
२०७५ चैत्र ५, मंगलबार
नेदरल्यान्ड्स प्रहरीद्वारा ट्रामका शंकास्पद आक्रमणकारी पक्राउ
नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ । टर्की मुलका ती अधवैंशे व्यक्तिले आतङ्कवादी आक्रमण गरेको आशंकामा छानबिन थालिएको प्रहरीको भनाई छ । उक्त आक्रमणमा अरु पाँच जना गम्भीर घाइते भएका थिए । प्रहरीले टर्की मुलका ३७ वर्षीय गोकमिन टानिसलाई व्यापक खोजतलास पछि पक्राउ गरेको हो । प्रहरीले...
-
२०७५ चैत्र ५, मंगलबार
सिसी क्यामेरा एकै ठाउँमा जोड्दै
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका मुख्य शहर बनेपा, पनौती र धुलिखेलको विभिन्न शहरमा जोडिएका र जोडिन लागेका सबै सिसी क्यामेराको नियन्त्रण अब एकै ठाउँबाट गरिने भएको छ । मुख्य शहरमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलापको निगरानीलाई अझ मजबुद र छिटो छरितो बनाउनका लागि यसरी एउटै ठाउँबाट निगरानी गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका प्रहरी प्रमुख रविराज खड्काले...
-
२०७५ चैत्र ५, मंगलबार
विषादीको प्रयोग बढेकामा चिन्ता
दैनिक उपभोग्य कृषिजन्य वस्तुमा विषादीको प्रयोग बढेकामा सांसदले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको वैठकमा समसामयिक राष्ट्रिय सरोकारका विषयमा धारणा राख्दै सांसदले मानवीय संवेदनाको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा सांसद धनकुमारी खतिवडाले कृषिजन्य उपभोग्य वस्तुमा विभिन्न विषादीको प्रयोग बढेकाले खाद्य प्रविधि तथा गुणस्तर विभागले प्रभावकारी अनुगमन गर्र्न...
-
२०७५ चैत्र ५, मंगलबार
सेमिनारमा नेपालका तीन जना
ट्युनिसियामा हुने तेक्वान्दोको अन्तर्राष्ट्रिय ग्योरोगी, पुम्से तथा पारा रेफ्री सेमिनारमा नेपालबाट तीन जना सहभागी हुने भएका छन् । यही चैत ६ गतेदेखि शुरु हुने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, नन्द विष्ट र तिलक लामा सहभागी हुने छन् । अशोकले ग्योरोगीको रिफ्रेसर कोर्स तथा पारा सेमिनारमा सहभागिता जनाउने छन् । नन्द र तिलकले ग्योरोगी सेमिनारमा भाग लिने छन् । उनीहरु बुधबार त्युनिसिया...
-
२०७५ चैत्र ५, मंगलबार
शुक्रबारदेखि बु्रमरबाट सडक सफा गरिने
काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर९यान्त्रिक कुचो० मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ । अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारसम्म...
-
२०७५ चैत्र ५, मंगलबार
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क ९फाइभ–जी० को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ । सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् । मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३ देखि ६ अर्ब अमेरिकी...
-
२०७५ चैत्र ५, मंगलबार
जग्गाधनी प्रमाणपत्र नहुँदा सधैँ त्रासमा
वर्षौंदेखि बसोबस गर्दै आएका जग्गाको जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा नहुँदा यहाँका सुकुम्वासीले त्रासमा बस्नुपर्ने बाध्यता छ । तीस वर्षभन्दा बढी समयदेखि जङ्गल तथा खोला नजिकैको सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका उनीहरुको नाममा जग्गाधनी प्रमाणपत्र छैन् । पश्चिम नवलपरासीमा करीब आठ हजार सुकुम्वासी रहेको नेपाल बसोबास संरक्षण समाजका जिल्ला अध्यक्ष टिचन गुरुङले बताउनुभयो । जिल्लाको सुनबल नगरपालिका वडा...


