STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सेमिनारमा नेपालका तीन जना

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ५, मंगलबार

ट्युनिसियामा हुने तेक्वान्दोको अन्तर्राष्ट्रिय ग्योरोगी, पुम्से तथा पारा रेफ्री सेमिनारमा नेपालबाट तीन जना सहभागी हुने भएका छन् । यही चैत ६ गतेदेखि शुरु हुने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, नन्द विष्ट र तिलक लामा सहभागी हुने छन् । अशोकले ग्योरोगीको रिफ्रेसर कोर्स तथा पारा सेमिनारमा सहभागिता जनाउने छन् । नन्द र तिलकले ग्योरोगी सेमिनारमा भाग लिने छन् । उनीहरु बुधबार त्युनिसिया जाँदै छन् । अशोकलाई नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव दीपराज गुरुङले सातदोबाटोमा आयोजित कार्यक्रममा आज बिदाइ गर्नुभयो ।
Categorized in खेलकुद