-
२०७५ चैत्र ४, सोमबार
भाजपाका वरिष्ट नेता मनोहर पर्रिकरको निधन
भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिनुभएको हो । उहाँ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गर्नुभएको छ । भाजपाका नेता मनोहर केही समय भारतको...
-
२०७५ चैत्र ४, सोमबार
मापसे जाँचमा समस्या
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको हो । ब्रेथलाइजरको अभाबमा...
-
२०७५ चैत्र ४, सोमबार
सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण
पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्र्तगत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो । स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । पछौटेपन उन्मूलन समाज ९बेस०...
-
२०७५ चैत्र ४, सोमबार
बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु
इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिनु भएको छ । स्थानीय समयानुसार साँझ शनिबार छ बजे...
-
२०७५ चैत्र ४, सोमबार
राष्ट्रिय वनलाई संरक्षित क्षेत्र बनाइँदै
तीव्र वन फँडानीका कारण लोपोन्मुख वन्यजन्तुको वासस्थान मासिएपछि इलामको उत्तरी क्षेत्रको वनलाई संरक्षित क्षेत्र बनाइने भएको छ । प्रशासनको उपस्थिति नहुँदा वन फँडानीसँगै चोरी शिकारीबाट लोपोन्मुख वन्यजन्तु हाब्रोको तस्करी बढेपछि गाउँपालिकाकै अगुवाइमा हाब्रो, थार, चरिबाघ लगायत सयौँ प्रजातिका चराको वासस्थान रहेको उत्तरी इलामको उक्त वनलाई संरक्षित क्षेत्र बनाउन थालिएको हो । सन्दकपुर गाउँपालिका–५ को...
-
२०७५ चैत्र ४, सोमबार
वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह
विभिन्न नागरिक सङ्घसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाललगायतका सङ्घसंस्थाले आज विज्ञप्ति जारी...
-
२०७५ चैत्र ४, सोमबार
२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट
हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने...
-
२०७५ चैत्र ४, सोमबार
पारोमुक्त हुँदै भरतपुर
स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारो ९मर्करी० मुक्त महानगर हुने भएको छ । स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो । विगत दुई वर्षदेखि पारोमुक्त बनाउन लागि परेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले भरतपुर पारोमुक्त घोषणा हुन मात्रै बाँकी रहेको जनाएको छ । संस्थाका कार्यकारी निर्देशक रामचरित्र साहले मानव स्वास्थ्यका...
-
२०७५ चैत्र ४, सोमबार
नियमित रुपमा विद्यालय ल्याउन स्यानिटरी प्याड
रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘स्यानिटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको हो । नगरका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको संख्या तीन हजार ६५० छन् । रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने...
-
२०७५ चैत्र ४, सोमबार
राजकुमार चाल्र्स क्युबा भ्रमणमा
बेलायतका राजकुमार चाल्स्ले उहाँकी धर्मपत्नी क्यामिल्लाको साथमा आइतबारबाट क्युबाको भ्रमण शुरु गर्नुभएको छ । बेलायतको राजपरिवारबाट क्युबाको भ्रमण भएको यो पहिलो पटक हो । राजकुमार र राजकुमारी क्युबाली राष्ट्रपति मिगुएल डिआज्क्यानेलसँग सोमबार बेलुकी खाना खाने कार्यक्रम रहेको छ । राष्ट्रपति मिगुएल पनि गत नोभेम्बरमा आफू राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा बेलायत पुग्नुभएको थियो ।...
-
२०७५ चैत्र ४, सोमबार
चन्दलाई वार्तामा ल्याउन आग्रह
राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई वार्तामा ल्याई समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा सांसद अधिकारीले सरकारले स्पष्ट भएर प्रतिपक्षलाई विश्वासमा लिएर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मुलुक दशवर्षको जनयुद्धले थलिएको अवस्थामा...
-
२०७५ चैत्र ४, सोमबार
राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध
राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । उहाँहरुबाट विरोध भएपछि सभामुख...


