STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ४, सोमबार

राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । उहाँहरुबाट विरोध भएपछि सभामुख महराले राजपाका नेता अनिलकुमार झालाई बोल्न समय प्रदान गर्नुभयोे । झाले सभामुखबाट सरकारलाई लाल आयोगको प्रतिवेदन अर्को बैठकमा सार्वजनिक गर्न रुलिङ होस् भनी माग गर्नुभयो । उहाँले भन्नुभयो,“आफ्नो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ, सभामुखका तर्फबाट पनि प्रतिवेदन सार्वजनिक गर्न रुलिङ भएको थियो तर पनि सरकारले तदारुखता देखाउनुको साटो आलटाल गरिरहेको छ ।” सभामुखबाट रुलिङ भएको हप्ताभन्दा बढी समय बितेको र प्रतिवेदन सार्वजनिक भएमा कैलालीको टीकापुरमा भएको घटनामा कसले के कस्तो गल्ती अन्याय गरेकोछ, कसलाई केकस्तो कारवाहीको सिफारिश गरेको छ भन्ने जान्न सकिने थियो भन्दै सांसद झाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेर सत्य लुकाउन खोजेको र सभामुखको रुलिङ नमान्नु संसदीय सर्वोच्चतालाई नमान्नु भएको विचार राख्नुभयो । त्यसपछि पनि राजपाका सांसदले उठेर विरोध जनाइरहेपछि सभामुख महराले प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई सरकारले सकारात्मक रुपमा लिएको र केही समय अध्ययनका लागि माग भएको जानकारी दिनुभयो । त्यसपछि पनि राजपाबाट विरोध भइरहेपछि सभामुखले बैठक १० मिनेटको लागि स्थगन भएको घोषणा गर्नुभयो । यसअघि पनि राजपाका सांसदको विरोधका कारण तीन बैठक प्रभावित भएका थिए ।
Categorized in राष्ट्रिय