STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजकुमार चाल्र्स क्युबा भ्रमणमा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ४, सोमबार

बेलायतका राजकुमार चाल्स्ले उहाँकी धर्मपत्नी क्यामिल्लाको साथमा आइतबारबाट क्युबाको भ्रमण शुरु गर्नुभएको छ । बेलायतको राजपरिवारबाट क्युबाको भ्रमण भएको यो पहिलो पटक हो । राजकुमार र राजकुमारी क्युबाली राष्ट्रपति मिगुएल डिआज्क्यानेलसँग सोमबार बेलुकी खाना खाने कार्यक्रम रहेको छ । राष्ट्रपति मिगुएल पनि गत नोभेम्बरमा आफू राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा बेलायत पुग्नुभएको थियो । राजकुमार दम्पत्तिले क्युबाको विशेषगरी दक्षिणी तटीय क्षेत्रका भ्रमण गर्ने योजना रहेको छ । बेलायती राजपरिवारको यो जोडील सैन्ट लुसिया, बार्बाद सैन्ट भिन्सेन्ट र द ग्रनादिनेस्, सैन्ट कितास् र नेभिस् र गे्रनादा सहित १० क्यारिबियन टापूहरुको भ्रमाण गर्ने योजना रहेको समाचारमा जनाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय