STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मोजाम्बिकमा सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ५, मंगलबार

मोजाम्बिमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिनु भएको छ । आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा यस प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार भन्दा बढी भएको मोजाम्बियाली राष्ट्रपति फिलिपे नुसीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा जनाउनुभएको छ । प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधी र त्यसपछि बन्दरगाह सहर बेयरामा आएको बाढीको कारण कैयौँ किलोमिटर सडक र घरहरु नै बगाएको छ । गत बिहीबारदेखि भीषण वर्षासहितको आँधीले क्षति पु¥याउन थालेको थियो तर उद्वारकर्ता भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् । इडाइ नामक यस आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भइसकेको बताइएको छ । बेयराको निरीक्षणमा जानु भएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताउनु भएको छ । राष्ट्रपतिले गरेको हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताउनु भएको छ । करिब पाँच लाख मानिस बसोवास गर्ने बेयरामा आँधीकै कारण ९० प्रतिशत घरहरू ध्वस्त भएको देखिएको छ । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति नपु¥याएको कुनै एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताउनु भएको बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय