हाँस्दै खेल्दै रमाउने चाड होलि
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ५, मंगलबार
गोपिनीहरु नदीमा स्नान गरिरहेको बेला अल्लारे कृष्णले सबैको लुगा बटुलेर उनीहरुले नभेट्ठाउने गरी रुखमा झुण्ड्याइदिएको रहेछ । यी रंगीन लुगाहरु नै गोपिनीहरुको चीर हो । पछि सबैलाई सूर्य दर्शन गर्न लगाइ लुगा फिर्ता दिए । त्सपछि सबैले हर्ष मानी होलि खेले भन्ने भनाइ छ ।पाटनको कृष्णमन्दिर अगाडि अलुबखडाको बो ठड्याउने, भक्तपुरमा योनी लेखेर टाँसेको फल्याकको प्वालमा लिङ्ग लेखेर टाँसेको मुढा निकालेर मन्दिरमा पालैपालो आठ दिनसम्म झुन्ड्याउनुलाई चीर स्थापना गरेको भनिन्छ । त्यस्तै नेपालको अरु अरु ठाउँमा पनि फरक किसिमले चीर स्थापना गर्ने गरिन्छ । गोपिनीहरु नदीमा स्नान गरिरहेको बेला अल्लारे कृष्णले सबैको लुगा बटुलेर उनीहरुले नभेट्ठाउने गरी रुखमा झुण्ड्याइदिएको रहेछ । यी रंगीन लुगाहरु नै गोपिनीहरुको चीर हो । पछि सबैलाई सूर्य दर्शन गर्न लगाइ लुगा फिर्ता दिए । त्सपछि सबैले हर्ष मानी होलि खेले भन्ने भनाइ छ । अर्को भनाइ अनुसार कृष्णले गोपिनीहरुसंग रमाइलोसित रसरङ्ग गरी खेल्न बृन्दावनमा होलि आयोजना गरेको हो । अरु पनि बिभिन्न कथनहरु छन् । हिरण्यकश्यपु भन्ने दैत्य कठिन तपस्या गरेर ब्रम्हासित बिहान, दिउँसो, बेलुका, भित्र, बाहिर, शस्त्र, अस्त्र, मनुष्य, देवता, दानव, राक्षस, जनावर, पंछी कसैले पनि मार्न नसक्ने वरदान लिएर अति मातेको रहेछ । उ भन्दा बलियो कोही छैन भनेर उसले अभियान ग¥यो । आफ्नै छोरा प्रल्हादले भने यसो हैन नारायण जहाँतहीं विराजमान छ भनेर सधैं भन्ने गरेको सहनै नसक्ने भयो ।
महादेवलाई कामवाणले हाने। ध्यान भंग गरी दिंदा तेस्रो नेत्र खोलि कामदेव भष्म गरेर कामुकताके चीरदाह भएको खुशियालीमा पनि होलि मानेको रहेछ ।एकदमै अपमानित महसुस गरी आफ्नै छोरालाई मार्ने प्रयास गरे, तर पनि मार्न सकेन । उसकी बहिनी होलिकाः प्रल्हादलाई बोकेर दन्दन् बलेको आगोमा बस्न गएछ होलिकाले आगोले नछुने बरदान पाएकी थिइ । प्रल्हाद जस्तो परमात्माको भक्तलाई भष्म गर्ने दुस्साहसमा वरदान का लागेन, होलिका आफै भष्म भएछ प्रल्हादलाई केहि भएन । त्यसैले दुष्ट होलिका नाश भएको खुशियालीमा होलि मनएको हो । महादेवलाई कामवाणले हाने। ध्यान भंग गरी दिंदा तेस्रो नेत्र खोलि कामदेव भष्म गरेर कामुकताके चीरदाह भएको खुशियालीमा पनि होलि मानेको रहेछ । नेपालीहरु ल्हासामा गई व्यापार गरी कमाएर ल्याउने परम्परा छ । उनीहरुलाई त्यहाँका तरुनीहरुले भुलाएर राखे । सिहंसार्थबाहु व्यापारीले नेपाल फर्कन पाउँ भनी करुणामायसंग मद्दत मागे । तिमीहरुलाई भुलाएर राखे राक्षनीहरु हुन् । भोली बिहान झिसमिसेमै तिमीहरु ब्रम्हपुत्र नदी किनर पुग । त्यहाँ एउटा सेतो घोडा पर्खिबस्नेछ । त्यही घोडा चढेर नदी तर । तिमीहरुलाई बोलाउन आयोभने पछाडि फर्केर नहेर भनेर करुणामयले भन्नुभयो । अरुहरुले फर्केर हेरेकोले उनीहरुलाई राक्षनीहरुले खान लगे, सिहंसार्थबाहु एकजना मात्र फर्केर नहेरकोले उनी काठमाडौं आइपुगे । खुशी भएर उसलाई चकंद्यःको रुपमा जात्रा गरेको दिन होलि पूर्णिमा हो । धनी गरीब, ठुलो सानो केही भेद्भाव नराखी हर्षले विभोर भएर नेपालको धेरै जातिले होलि मनाउँछन् । Categorized in राष्ट्रिय