STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुहाङको अग्रता कायमै, बझाङमा कांग्रेस अघि

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १७, सोमबार

इलाम - इलाम क्षत्र नं २ को पछिल्लो परिणाम सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू तीव्र गतिमा अघि बढेका छन् । प्रारम्भिक चरणमा निकै पछि रहेका लिम्बू अहिले ४ हजार ५९ मतका साथ काँग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पछ्याइरहेका छन् । 

खड्का लिम्बूभन्दा १ हजार ३ सय ३७ मतले अगाडि छन् । सबैभन्दा बढी मत प्राप्त गरेका नेम्वाङको मत ७ हजार ६ सय ७७ पुग्दा रास्वपाका मिलन भने १ हजार १ सय ६२ मतमै चित्त बुझाउनुपर्ने अवस्थामा छन् । 

बझनङमा कांग्रेसको अग्रता

यस अघिसम्म दवदवा र अग्रता कायम राखेको बझाङ क्षेत्र नं. १ (१) का एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई उछिन्दै नेपाली काँग्रेसका अभिषेक बहादुर सिंह अघि लागेका छन् । सिंहले ७ हजार ४ सय ९२ मतका साथ अग्रता लिएका छन् । ७ हजार २ सय २८ मत प्राप्त गरेका भण्डारीले दोस्रो स्थानमा झरेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९५ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंह २ हजार १०२ मतका साथ चौथो स्थानमा रहेका छन् । 

Categorized in राजनीति