STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मल्लकालमा माथिल्लो टोल मात्र सुर्वणप्रणाली महानगर

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ३, आइतबार

मल्लकालमा (सम्पूर्ण कान्तिपुर इलाकालाई नभई) माथिल्लो टोलहरुको इलाकालाई मात्र सुर्वणप्रणाली महानगर भनी सम्बोधन गर्ने चलन चलेनको देखिन्छ । यो नाम लेखिएका सबैजसो अभिलेखहरुले कान्तिपुर शहरका माथिल्ला टोलहरु खास गरी ठहिटी इलाकालाई अङकित गरेको पाइन्छ । केही इतिहासकारहरुले मल्लकालमा विदेशी व्यापार बढेको हुँदा कान्तिपुर शहर समृद्ध हुन थालेको थियो, यही समृंद्धि व्यक्त्याउन यस शहरको नाम केही सन्दर्भमा श्री सुर्वणप्रणाली महानगर रुपमा भेटिन्छ भनी आफ्नो राय प्रकट गरेका छन् । (३४) ठहिटीटोल झ्वाःबहाल रत्नेकेतु विहारको विषयमा उल्लेख भएका नें.सं.७७९ (विं.सं. १७०९) र नें.सं. ७७६ (विंंं.सं. १७१२) का हस्तलिखित ग्रन्थहरुमा सुर्वणप्रणालीको झ्वाःबहार भन्ने उल्लेख भेट्ठिएको छ । नें.सं. ७७९ (विं.सं.१७१५) को राजा प्रताप मल्लको समयकै अर्को एक हस्तलिखित ग्रन्थ अपरिमितायु धरणीसुत्रमा महाराज जयप्रतापमल्लदेव प्रभु थाकुलस्य विजयराज्ये लिखितेयें सौववर्णप्रणारि महानगरे मैत्रीपुरी महविहारावस्थित बज्राचार्य जिनीदेवेनेति भन्ने उल्लेख छ । (३५) यसरी नै नें.सं. ८२५ (विं.सं. १७६२) को महाप्रत्यङ्गिरानामधारणीनामक बौद्ध ग्रन्थमा लिखितेयें श्री सुवर्ण प्रनादि महागणले श्री ३ हेमवर्ण महविहराबसेवित...(३६) भन्ने उल्लेख भएबाट पनि सुवर्णप्रणालीले कान्तिपुरको माथिल्लो टोल खास गरी ठहिटी इलाकालाई नै बुझाउँछ भनी भन्न सकिन्छ । किनभने माथि उल्लिखित विहारहरु सबै प्रायः रत्नकेतुमहाविहार, मैत्रीपुरीविहार ठहिटीटोलमा नै अवस्थित छ । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल उपत्यामाथि विजय गरेको समयसम्म पनि कान्तिपुरको माथिल्लो इलाकालाई सुवर्णप्रणाली महानगर भनी भनिन्थ्यो भन्ने कुरा नें.सं. ८८८ (विं.सं.१८२४) मा लेखिएको वसुन्धरणी कथा अथवा सुचन्द्रवदनामक बौद्ध ग्रन्थबाट थाहा पाइन्छ । रत्नकेतु महविहार ठहिटीटोलमा लेखिएको उक्त ग्रन्थमा लिखितेयें सुवर्णप्राणिमहनगरे रत्नकेतु महाविहारवस्थित... भनी लेखिएको छ (३७) तर शाहकालमा भने यो नाम बिस्तारै बिस्तारै हराउन थालेको देखिन्छ । डा. साफल्य अमात्यको पुस्तक काठमाण्डौं नगरायणबाट साभार
Categorized in विचार