STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पत्रकार सुवेदीको उपचारार्थ सहयोग

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ३, आइतबार

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको अगुवाइमा पत्रकार अर्जुन सुवेदीको उपचारार्थ सङ्कलित रु एक लाख पाँच हजार ११३ हस्तान्तरण गरिएको छ । महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरियो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले कोरिया शाखालाई धन्यवाद दिनुभयो । रकम ग्रहण गर्नुहुँदै पत्रकार सुवेदीले शुभचिन्तक तथा सहयोगीलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले कोरिया शाखाको उदाहरणीय कामको उच्च मूल्याङ्कन गर्नुहुँदै पुण्य कामले पत्रकारको मनोबल उच्च बनेको बताउनुभयो । नागरिक दैनिकमा आवद्ध पत्रकार सुवेदी कलेजो र पित्तथैलीको समस्याका कारण एक वर्षदेखि उपचाररत हुनुहुन्छ । हालसालै एकैसाथ गरिएका दुईवटा जटिल शल्यक्रियापछि पनि थप उपचारका लागि धेरै रकम आवश्यक पर्ने देखिएको छ । उहाँको उपचारको सहयोगार्थ महासङ्घ दक्षिण कोरिया शाखाले एकहप्ते अभियान चलाएको थियो । कोरियामा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार, सामाजिक अभियन्ता, शुभेच्छुक सङ्घ संस्थाले सहयोग गरेका थिए । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको अगुवाइमा पत्रकार अर्जुन सुवेदीको उपचारार्थ सङ्कलित रु एक लाख पाँच हजार ११३ हस्तान्तरण गरिएको छ । महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरियो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले कोरिया शाखालाई धन्यवाद दिनुभयो । रकम ग्रहण गर्नुहुँदै पत्रकार सुवेदीले शुभचिन्तक तथा सहयोगीलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले कोरिया शाखाको उदाहरणीय कामको उच्च मूल्याङ्कन गर्नुहुँदै पुण्य कामले पत्रकारको मनोबल उच्च बनेको बताउनुभयो । नागरिक दैनिकमा आवद्ध पत्रकार सुवेदी कलेजो र पित्तथैलीको समस्याका कारण एक वर्षदेखि उपचाररत हुनुहुन्छ । हालसालै एकैसाथ गरिएका दुईवटा जटिल शल्यक्रियापछि पनि थप उपचारका लागि धेरै रकम आवश्यक पर्ने देखिएको छ । उहाँको उपचारको सहयोगार्थ महासङ्घ दक्षिण कोरिया शाखाले एकहप्ते अभियान चलाएको थियो । कोरियामा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार, सामाजिक अभियन्ता, शुभेच्छुक सङ्घ संस्थाले सहयोग गरेका थिए ।
Categorized in राष्ट्रिय