शोक होइन, उत्सव
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार
निद्रा पनि क्षणिक मृत्यु नै हो । निद्रामा हामी यस भौतिक संसारका लागि मर्छौं र अर्को कुनै सुक्ष्म जगत्मा जान्छौं । त्यसैले निद्रा छोटो मृत्यु हो । त्यही अर्थमा मृत्यु एका लामो निद्रा हो, जसमा हामी लामो समयकाृ लागि हराउछौं र फेरी तरोताजिा भएर फेरी व्यवहारमा लाग्छौ । त्यस्तै ७० ८० वर्ष बाँचे पछि शरीर जर्जर हुन्छ, मन, बुद्धि, अहङ्कार पनि थाक्छन् र एक स्वभाविक इच्छा पैदा हुन्छ यो सब प्रपञ्चबाट मुक्त भएर एक गहिरो विश्राममा डुब्ने । मृत्यु त्यही गहिरो र लामो विश्राम हो । केही समयको अन्तरालपछि तिनै पुराना कामनाहरु मृत्युको गहिरो निद्रामा ताजा भएर नयाँ आशा र उमङ्साथ बालकमा जन्मिछन् । त्यसकारण यदि निद्रा मित्र हो भने मृत्यु कसरी शत्रु हुन सक्छ ? मृत्यु परम मित्र हो । जुनसुकै ठुलो आकर्षक पदमा बसिसकेपछि एक बुद्धिमान् व्यक्ति त्यसबाट अवकाश लिन्छ चाहन्छ । संसरमा अनेक चुनौतीहीन नेताहरु पनि पदबाट थाकेर अवकास लिन्छन् । त्यही इच्छा मृत्येषणा हो । कुनै पनि स्थितिबाट मन विश्राम चाहन्छ । हुन त नेपालका वरिष्ठ राजनितिज्ञहरु यसका अपवाद हुन् । त्याग परिपक्व मनको अन्तिम इच्छा हो । जसले पनि पूर्णरुपले बोधपूर्वक जे भोग्यो त्यस विषयबाट उ मुक्त हुन्छ । त्यसैलाई हाम्रा उपनिषद्का ऋषिहरुले भनेको छन्, तेन त्यक्तेन भुञ्तीजाः । जसले सम्यक् ढङ्गले भोग्यो त्यो अवश्य मुक्त हुन्छ । जो मुक्त भएन त्यसले भोग्न जानेन । मृत्येषणा एक नैसर्गिक इच्छा हो । मृत्युले थकित मन, गलित इन्द्रियहरु जीर्ण, खस्किन लागेको शरीरबाट आत्मालाई मुक्ति दिई एक नयाँ उमङ्ग, उत्साह र आशाले भरिएको भविष्योन्मुखी जीवन प्रदान गर्छ । त्यसकारण ओशो भन्नुहुन्छ, मृत्यु बाट डराउनुहुँदैन, यसको शोक गर्नुहुँदैन, मृत्युबाट परममित्रलाई स्वागत गरेजस्तै उत्सव मनाएर स्वागत गर्नुपर्छ । ओशोका अनुसार मृत्युको शोका मनाउनु नपर्ने अर्को कारण हो, मृत्यु सबै भन्दा ठुलो झुट हो , मृत्यु सम्भव छैन ।
अध्यात्मले हजारौं वर्षदेखि भन्दै आएको हो यो, आज आएर विज्ञानले पनि यो सत्य स्वीकार गरेको छ । विज्ञान भन्छ यो संसारको कुनै कुरा नष्ट गर्न सकिँन्दैन, त्यसको रुपमात्र परिवर्तन हुन्छ । संसारको सारा शक्ति लगाएर पनि बालुवाको एक कणसम्मलाई मेटाउन सकिन्न, त्यो कुनै न कुनै रुपमा रहिरहन्छ । स्थूल पदार्थलाई त मेटाउन सकिँदैन भने सूक्ष्म जीवन कसरी मेटिन्छ ? बेलायतका अस्पतालहरुमा भर्खरै भएका शोधहरुले मृत घोषित मस्तिस्कमा पनि मन र चेतना जीवितै रहेको तथ्य देखाएका छन् । बेलयती डा. पिटर फेनविक र डा. साम परिनियाको अध्ययनले शरीर मरेपछि पनि मन, बुद्धि र चेतना बाँची नै रहन्छ भन्ने प्रमाणित गरेको छ । त्यसकारण मृत्यु पुरानो जीर्ण घरबाट नयाँ गृहप्रवेश हो, यसको उत्सव हुनुपछर्, शोक होइन ।
कुनै आफन्त लामो यात्रामा जान लाग्दा हामी उसलाई फेयेरवेल पार्टी दिई उत्सव मनाउँछौ । मृत्यु एक अनन्तको यात्रा हो त्यस यात्रामा जान लागेको आफन्तलाई यस्तै उत्सवपूर्ण बिदाइ गर्नुपर्छ । यदि हामी शोकाकुल भएर रोइरह्यौं भने बिदा लिन लागेको आत्मा प्रमवश द्रवित भई अझ दुःखी हुन्छ र उसको ऊध्र्वगामी यात्रा रोकिन्छ । मृत्युको बेला हामीले उत्सवपूर्ण बिदाई दिए आफन्तलाई खुसी देखी आफू पनि खुसी खुसी ऊध्र्वयात्रामा जान्छ । त्यसकारण हामी आशो संन्यासी मृत्युको शोक नमनाई उत्सव मनउछौं ।
(बोधिसत्व स्वामी आनन्द अरुणको सन्त – दर्शन पुस्तकबाट साभार )
Categorized in विचार


