STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार

प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउन आर्थिक स्रोत समेत जुटाउने उद्देश्य राखेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो । महोत्सवको समापनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले महोत्सवले आदिवासी जनजातिको पहिचान स्थापित गराउन भूमिका खेलेको बताउनुभयो । नुवाकोटमा ७० प्रतिशत जनजातिको बाहुल्य छ । यहाँ तामाङ, मगर, भुजेल, माझी, राई, गुरुङ, नेवार, शेर्पा, ह्योल्मो, बराम, कुमाल, दनुवार, घले र बलामी समुदाय गरी १४ आदिवासी जनजाति छन् ।
Categorized in उपत्यका