STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनजातिको परिभाषा के हो ?

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २६, आइतबार

जनजाति भनेको के हो ? भन्ने प्रश्नको जवाफ दिनु अत्यन्तै असहज छ र यस विषयमा जान्नु पनि त्यत्तिकै आवश्यक छ । असहज यस मानेमा छ कि ककसलाई जनजातिमा गणना गर्ने ? असहज यस मानेमा पनि छ कि कसरी जनजातिको सर्वमान्य परिभाषा गर्ने । जनजातिको परिभाषा मानवशास्त्रीहरुले थुप्रै गरेका छन् । नेपालका जनजाति र अन्य मुलुकका जनजातिको परिभाषा एउटै हुन सक्दैन । भारतका जनजाति लागि गरिएको परिभाषाले यहाँका जनजातिलाई समेट्न सक्दैन । भने यहाँका जनजातिको परिभाषाले भारतका जनजातिलाई समेट्न सक्दैन । आदिवासी र जनजातिका सन्दर्भमा आजभोलि इन्डोजेनस, नेटिभ, एवोरिजन, इथानिक, ट्राइव प्रिविटिभ, नेसनललिटिज जस्ता शब्दहरु प्रयोगमा ल्याउने गरिएको छ र नेपालको जनजाति महासघंले पनि इथनिक र इन्डोजेनसनलाई नै ग्रहण गरेको छ । १) एडमान्स अंग्रेजी शब्द कोषमा इन्डोजेनसको अर्थ देशमा उत्पन्न भएको जस्तै (अष्ट्रेलियाको कंगारु) भन्ने उल्लेख छ । २) कलिङ्स शब्दकोषमा ट्राइवको अर्थ एयटै उद्भवकाृ समान परम्पर, धर्म, भाषा र भुमिमा बसेको पछौटे अवस्थामा रहेको प्रजाति भनेर लेखेको छ । ३) अक्सफोर्ड डिक्सनरीमा इथिनिकको अर्थ साझा संस्कृति र परम्परा भएको समुह, जाति तथा राष्ट्र हो भनेको छ । अक्सफोर्ड डिक्सनरीमै एबोरिजिनलको अर्थ उपनिवेश, उपनिवेशीहरुले प्रवेश गर्नुभन्दा पूर्व बसोबास गरिएका जातिहरुमध्ये कुनै एक भन्ने उल्लेख छ । अक्सफोर्डमै नेसनालिटीको अर्थ कुनै खास राष्ट्रको सदस्याता, राज्यको अंगमा रुपमा बनिने जातीय समूह भनेर लगाएको छ । ४) सर्वमान्य अर्थमा व्याख्या गर्ने हो भने जन को अर्थ मानिस वा मानवर जाति को अर्थ स्पष्ट नै छ जाति नै हो । यसरी जनजातिको अर्थ मानिस जाति वा मानव जाति हुन्छ । अर्को अर्थ हुनै सक्दैन । जन भनेको सेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बु इत्यादि मात्रै हुन् भने बाहुन, क्षत्री, दमाई कामी, सार्कीहरु जन् नै होइनन् त ? कि यिनीहारु पशु जाति हुन् ? ५) सामान्य अर्थमा जनजाति भन्नाले आदिम जातिलाई भनिन्छ भन्ने विषयमा मानवशास्त्री र समाजशास्त्रीहरु सहमत भइसकेका छन् । यो आदिम जाति कुन हो त ? भन्ने प्रश्नको उत्तर दिनुपर्दा सगोत्र विवाह प्रथामा बाँधिएका संयुक्त सामाजिक व्यवस्थामा हुर्केका, समान आर्थिक हैसियत भएका आर्थिकस्तर ज्यादै तल्लो भएका, मुद्रा प्रचलनको अभाव भएका, वस्तु विनिमयमा आधारित समाज भएका, सरल प्रकारका, स्त्रीसम्मान र स्वतन्त्रलाई प्राथमिकता दिएका, निश्चित् भौगलिक क्षेत्रमा बसोबास गर्दै आएका, बेग्लै भाषा भएका, जातिलाई आदिम जाति भनिन्छ र भनिएको छ । ६) नेपालको संविधानको धारा २६ (१०) मा भनिएको छ शिक्षा, स्वास्थ्य र रोजगारीको विशेष व्यवस्था गरी आर्थिक तथा सामजिक रुपले पिछडिएको जनजाति र समुदायको उत्थान गर्ने नीति राज्यले अवलम्बन गर्नेछ । यो परिभाषाबाट स्पष्ट छ जनजाति भनेको आर्थिक र सामजिक रुपले पिछडिएको वर्ग हो । ७) नेपालका २ वटा जनजातिहरुका जातीय संगठनहरु मिलेर बनेको जनजाति महासघंले भने जनजाति भन्नाले हिन्दू वर्णाश्रमको संरचनाभित्र नपर्ने नेपालको आदिवासी एवं मूल जातिलाई जनाउँछ भनेर परिभाषित गरेको छ । ८) नेपाल सरकारले २०५२ साल पुष ३० गते गठन गरेको जनजाति उत्थान प्रतिष्ठान कार्यदलले २०५३ साल वैशाखमा पेस गरेको प्रस्तावित राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धी प्रतिवेदनको पृष्ठ १३ मा उल्लेख भएको छ आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएको तर चार वर्णाश्रम व्यवस्थाभित्र नपर्नेहरु जनजातिभित्र पर्दछन् । ९) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा जनजाति शब्दको अर्थ जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे कुसुण्डा जस्ता सभ्यता, शिक्षा, आदिमा पछि परेका र नजिकको परिवेशसँग प्रभावित भएको पछौटे जाति भनेर उल्लेख छ । १०) मंगोल राष्ट्रिय संगठनका नेता गोपाल गुरुङले जनजातिको परिभाषा यसरी दिएको छन् जनजाति भनेको आमा मंगोल बाबु आर्य शुद्रबाट खसेको (खच्चर सन्तान हुन् ) अछुत जाति हुन । ११) आङरिता सेर्पाले नेपालको सेर्पाहारुलाई जनजाति भन्नु हुदँैन भनेर सेर्पा जातिलाई जनजातिबाट अलग्गै उभ्याउने कसरत् गरेका छन् । १२) संयुक्त राष्ट्र संघको परिभाषा अनुसार जनजाति भन्नाले त्यस ठाउँको आदिवासी रैथाने, जहाँ उसले मेहनत गरेर पसिना बगाएको हुन्छ, जहाँको कुनाकन्दार, पाखापखेरा, वनजंगल, नदीनाला र खोला खोल्साहरु आफ्नो अनुकुल बनाएका हुन्छ, त्यहाँको ढुंगा माटो र यावत् प्राकृतिक देनहरुसँग ऊ जन्मैदेखि झ्याम्मिएको हुन्छ । अर्थात उ, त्याहाँको भुमिपुत्र हो । त्यसलाई जनजाति भनिन्छ । १३) नेपाल जनजाति महासंघले विधानमा जनजातिको परिभाषा यसरी गरिएको छ । जनजाति भन्नाले हिन्दू वर्णाश्रम व्यवस्थाभित्र नपर्ने, समानतामा आधारित, परम्परागत समाजिक संरचना भएका जाति आदिवासी र मुलवासीलाई जनजाति भनिन्छ । १४) जर्ज पिटर भरडोकका अनुसार जनजाति एक यस्तो संगठन हो जसभित्र अनेक गोत्र, गाउँ या अन्य उपसमूह हुन्छ जसको साधारण तथा एक निश्चित् भौगलिक क्षेत्र हुन्छ । अलग्गै भाषा हुन्छ । भिन्दै संस्कृति हुन्छ र सामाजिक राजनितिक संगठन हुन्छ र बाहिरका मानिसहरुका विरुद्ध सामान्य द्धेषको भावना हुन्छ । १५) इप्पिरियल गजेटरका अनुसार जनजाति परिवारको एउटा यस्ता समूह हो जसको कुनै सामान्य नांम हुन्छ, सामान्य बोली व्यवहार हुन्छ, सामान्य भुभागमा बस्दछन् र अन्तर्विवाही हुदैँन । १६) बोगाङ्सका अनुसार जनजाति समूह रक्षाको आवश्यकताबाट, रक्त सम्बन्धबाट र एक सामान्य धर्मको शक्तिमा आधारित छ । १७) किराँत याकथुम चुम्लुङको प्रतिवेदन २०५२ मा जनजाति भन्नाले आदिवासी मुलवासी, हिन्दू वर्णाश्रमको संरचना जस्तो ठुलो सानोको जात विभेद नभएका, कुनै पनि जाति तथा मानज समुदायलाई बुझाउँछ भनिएको छ । १८) नेपाल सरकारद्धारा गठित राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान कार्यदलको प्रतिवेदनअनुसार जनजाति भन्नाले जसको आफ्नो छुट्ठै सामुहिक सांस्कृतिक पहिचान छ । जसको परम्परागत भाषा धर्म रीतिरिवाज र संस्कृति छ । जसको परम्परागत सामाजिक संरचना समानता आधारित छ । जसको आफ्नो परम्परागत भौगलिक क्षेत्र छ । जसको लिखित अलिखित इतिहास छ । जुन समुदायभित्र हामीको भावना छ । जुन समुदायको आधुनिक नेपालको राजनितिक र राज्य सञ्चालनमा निर्णायक भुमिका छैन । जो नेपालको आदिवासी हो । जसले आफुलाई जनजाति भनेर परिभाषित गरिएको छ । १९) नेपाल जनजाति महासंघका सुरेस आले मगरका अनुसार सामान्यतया सामुहिक जीवन पद्धति एवं मातृ सत्तात्मक समाजका केहि अवशेषहरु विद्यमान रहेको र हालसम्म पनि पिछडिएको अवस्थामा रहेका जातिलाई जनजाति भनिन्छ । २०) स्कटको परिभाषामा जनजाति भनेको सामान्य सांस्कृतिक परम्परा र पहिचानको भावना भएको समूह हो । २१) क्यापलोभका अनुसार एउटा राष्ट्रिय जनसंख्यामा छुट्ठै परिचय भएको एउटा असंगठित समूहसँग सम्बद्ध जनता जनजातीय समूह हो । यसरी जनजातिको अध्यनका क्रममा हरेक देशमा समस्याहू उपस्थित हुने गर्दछन् । नेपालको परिपे्रक्ष हामीले क कसलाई जनजाति भन्ने ? कुन चरित्रलार्य जनजातिको आधार मान्ने ? बाह्य प्रभावका कारण जनजातीय धर्म, संस्कृति, र सामाजिक संगठन त्यागेकालाई जनजाति मान्ने कि नमान्ने जस्ता पेचिला प्रश्नहरुलाई कसरी सुल्झउने भन्नेप जस्ता प्रश्नहरु आफ्नै ठाउँमा छन् । जनजातिको अध्यन गर्दा हामीले जनजाति, दलित जाति पिछडिएका जाति र अल्पसंख्यक जातिका बिचको अन्तरलाई पनि राम्रोसँग बुझ्नुपर्ने हुन्छ । आदिम जातिको जन्मथलोमा गैरप आदिवासीहरुको प्रवेशसँगै कालान्तरमा उनीहरुका धर्म, संस्कृति भाषा र रहनसहनमा समेत परिवर्तन आइसकेको हुन्छ । रक्त शुद्धता र मूल संस्कृति हराएको हुन्छ । त्यसमा साथसाथै उनीहरुले गैर आदिवासी समुदायको धर्म संस्कृति र भाषासमेत अंगालेको पनि पाइन्छ । जनजातिको परिभाषाभित्र परेका सेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बु, धिमाल, थारु आदि हुन् भने दमाई, कामी, सार्की आदि पिछडिएका जाति हुन् । त्यसै गरी नेवार मुसामानजस्ता बेग्लै भाषा, धर्म भएका जातिहरु अल्पसंख्यक जातिभित्र पर्दछन् । कुसुन्डा बादी गाइने र राउटे आदि चाहिँ उपेक्षित जातिभित्र पर्दछन् । हाम्रो देशको परिप्रेक्षमा अल्पसंख्यक जातिभित्र गणना गरिएका नेवाहरु जो आफ्नै विशिष्ट परिवेशबाट अलग्गिएर भिन्दै किसिमको सामाजिक हैसियतले निर्माण गरेका छन् । यिनीहरु मंगोल, अस्ट्रेली र हिन्दूहरुको सम्मिश्रणबाट एउटा भिन्दै जातिका रुपमा हुर्केका छन् । यिनीहरुलाई के भन्ने ? ( नेपालका जनजातिहरु पुस्तक भित्र बाट साभार )
Categorized in राष्ट्रिय