STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार

पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक ९ह्याट्रिक० वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ज गरिसक्नुभएको छ । “एक ठाउँबाट अर्को ठाउँसम्म बीचमा आउने अवरोध हटाउँदै छाटो समयमा साधारण मानिसभन्दा फरक तरिकाले पुग्नु नै पार्कर हो”, खेलाडी सुनारले भन्नुभयो । खोटाङ जिल्लामा जन्मिनुभएका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहनुभएको छ । वल्र्ड रेकर्डका लागि आजै ‘मस्ट ट्विस्टिङ्ग ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधाको रेकर्ड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलाडी सुनारलाई नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
Categorized in खेलकुद