STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ माघ २७, सोमबार

    प्रेम दिवसमा खाना महोत्सव

    पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन रेवान सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ । महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शन...

  • २०७६ माघ २६, आइतबार

    नेपालभाषा र नेपालीमा ‘बहिदार बाबु’

    काठमाडौं– नेवार फिल्म क्षेत्रका निर्देशक बासु शाहीको निर्देशनमा ‘बहिदार बाबु’ नेपाली र नेपालभाषामा बन्ने भएको छ । नेपालभाषामा शुटिङ्ग सकाई फिल्मलाई खस नेपाली भाषामा डबिङ गर्ने जानकारी निर्देशक शाहीले दिएका छन् । २६ माघ आइतबार ललितपुरस्थित अक्षयश्वर महाविहारमा फिल्मको मुर्हूत सम्पन्न भयो । मुर्हूत कार्यक्रममा हास्य अभिनेता राजाराम पौडेलले क्यामरा ‘अन’ गरेका थिए भने सिनेपत्रकार विजयरत्न असंबरेले...

  • २०७६ माघ २४, शुक्रबार

    रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी।

    रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी।’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीतरएरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो...

  • २०७६ माघ २३, बिहिबार

    पाँच वर्षदेखि बाजा बजाउने मान्छेको अभाव

    यहाँ हुने हरेक जात्रामा बाजा बजाउँदै आएका कुसुले समुदायका युवाले बाजा बजाउन छोडेपछि जात्रा आउने बित्तिकै मान्छे खोज्नुपर्ने अवस्था आएको छ । पनौती जात्रामा बाजागाजासहित नगर परिक्रमा गर्नु यहाँको जात्राको विशेषता हो । यहाँ लाग्ने जात्रामा बाजा बजाउने मान्छे नहुँदा श्रीखण्डपुर, नाला र साँगाबाट भाडामा ल्याएर समस्या टार्नुपरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताउनुभयो । “नेवार...

  • २०७६ माघ २१, मंगलबार

    काठको अभावमा मादल बनाउने पेशा सङ्कटमा

    आजभन्दा करीब दुई दशकअघिसम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुँदैनथ्यो । मादल बनाएरै केहीले जीविका चलाएका पनि थिए । पछिल्लो समय भने हातमा सीप भए पनि मादल बनाउन सिपालु व्यक्तिका दिन भने फुर्सदिला बनेका छन् । गाउँमा काठको अभाव, बजारमा छरपस्ट तयारी अवस्थामा आएका मादल भित्रिन थालेपछि मादल बनाउने पुरानो पेशा अहिले सङ्कटमा छ । आजभन्दा १५ वर्षअघि पाल्पास्थित रामपुर...

  • २०७६ माघ २०, सोमबार

    लोकगायक पङ्गेनीलाई पितृशोक

    लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उहाँका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटामै निधन भएको परिवारले जनाएको छ । उहाँ दमसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उहाँका दुई छोरा र एक छोरी छन् । स्व बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा...

  • २०७६ माघ १९, आइतबार

    हिमाल हेर्न मानहुँकोट जाऔँ

    पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा शनिबार मात्रै एक हजारभन्दा बढी पर्यटक पुगेका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मानहुँकोटको प्रचारप्रसार हुन थालेपछि मानहुँकोटमा आन्तरिक पर्यटकको आगमन वृद्धि हुँदै गएको हो । शनिबार बिदा भएको कारण मानहुँकोटमा बिहानैदेखि पर्यटकको घुइँचो लागेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “अन्य...

  • २०७६ माघ १७, शुक्रबार

    ‘बन्दै छ मेरो देश।’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै

    युवामा देशभक्तिको भावना जगाउँदै सकारात्मक सोच विकास गर्न टोखास्थित न्हुजः खलः नयाँ किरण समूहको ‘बन्दै छ मेरो देश, सहभागिता मेरो पनि’ भन्ने मूलभावमा राष्ट्रिय युवा कविता प्रतियोगिता आयोजना गर्दैछ । गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’मा विश्वास गर्ने देशभरका युवालाई आफ्ना भावना शब्दमा उनेर कविता सम्प्रेषित गराउन उक्त आयोजना गरिएको हो । आगामी फागुन ११ गते हुने प्रतियोगितामा देशभरका ४० वर्षमुनिका...

  • २०७६ माघ १७, शुक्रबार

    स्कीले तान्दै पर्यटक

    हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायतका विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण हुन् । हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउने उद्देश्यले पर्वतीय पर्यटनका गतिविधि बढाइएको मुक्तिनाथ रानीपौवास्थित होटल ग्राण्ड साम्बालाका...

  • २०७६ माघ १५, बुधबार

    राराको सुन्दरताबाट नलोभिने को होला र

    गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिनुभएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट आफूलाई निकै सन्तुष्टि भएको छु ।” श्रीमती र छोरीसँगै पुग्नुभएका रेग्मीले एक दिन ताल क्षेत्रमा बिताउँदा आफूले...

  • २०७६ माघ १५, बुधबार

    चलचित्र संघका पदाथिकारीहरुको पद बाँडफाँड सम्पन्न

    नेपाल चलचित्र संघको गत पुष २५गते सम्पन्न निर्वाचनमा निर्विरोध निर्वाचित भएका कार्यसमिति मा अध्यक्षका रुपमा मधुसुदन प्रधान निर्वाचित भएका थिए भने संघको विधान अनुसार अध्यक्ष पछि विभिन्न पदाधिकारीको चयन भएको छ । मँगलबार बसेको संघको कार्यसमितिको बैठकले पदाधिकारी बाँटफाँट गरेको हो । चलचित्र संघको प्रथम उपाध्यक्षमा अर्जुन श्रेष्ठ, द्धितीय उपाध्यक्षमा कुवेर शर्मा, तृतीय उपाध्यक्षमा त्रिरत्न मानन्धर चयन...

  • २०७६ माघ १४, मंगलबार

    प्रेम दिवसमा ‘सयको गुन’

    गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिनुभएको छ । गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा सङ्गीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ । सङ्गीत संयोजन आशिष अविरलको हो । सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गर्नुभएको छ । अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले...

Pages