STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ मङ्सिर ९, सोमबार

    राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित हुुनुभएको छ । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित हुनुभएको हो । आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत ल्याउनुभयो । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत ल्याएर विजयी हनुभयो भने तारापती सुवेदीले...

  • २०७६ मङ्सिर ८, आइतबार

    सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भिडियोसहित

    मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम...

  • २०७६ मङ्सिर ५, बिहिबार

    अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु

    ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि यहाँ अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ । विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ । महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास...

  • २०७६ मङ्सिर ३, मंगलबार

    खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम

    यहाँको मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तालीम दिएको छ । संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालीम दिएको हो । सोमबारबाट शुरु भएको तालीम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैजेडी भजनको संरक्षण गर्नका लागि तालीम शुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिँदै प्रदेशसभा सदस्य विनोद खड्काले...

  • २०७६ मङ्सिर ३, मंगलबार

    मयुर नाच संरक्षणमा नगरपालिका

    जिल्लाको भेरी नगरपालिका मयुर नाच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो । पुरानो संस्कृतिले जिल्लाको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयुर नाच संरक्षणमा जुट्ने प्रत्येक समूहलाई रु ५० हजारका दरले प्रोत्साहनस्वरुप सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछाडि मयुरको जस्तो प्वाँख, हातमा लट्ठी...

  • २०७६ मङ्सिर १, आइतबार

    नवीन कलाश्री पुरस्कार वरिष्ठ कलाकार मानन्धरलाई

    नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गर्नुभएको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विसं २०७६ को सो...

  • २०७६ कार्तिक २८, बिहिबार

    आर्यम नकर्मिको सनाखत चलचित्रमा मदन कृष्ण श्रेष्ठ

    नेपालभाषका विख्यात कथाकार लक्ष्मण राजंवशीको कथमा आधारित एउटा चलचित्र बन्ने भएको छ । ए.एन. इन्टरटेन्मेन्ट को प्रस्तुतीमा रहेको सो नेपाली कथानक चलचित्र सनाखत एउठा समाजिक वियोगान्त कथा हो । यस चलचित्रको पटकथा तथा संम्वाद आर्यम नकःमिले लेख्नु भएको छ । आर्यम नकःमि यस चलचित्रका निर्माता तथा निर्देशक पनि हुनुहुन्छ । यो चलचित्र नेवार भाषा र नेपाली भाषामा तयार गरिने छ । यस चलचित्रको मुख्य भुमिकामा नेपालका...

  • २०७६ कार्तिक २६, मंगलबार

    रङ्गीन जादू

    “ओइ  ऊ त्यहाँ हेर् त कति राम्रो हाम्रो घुम्ती बजार”, एकले भने । “हो त नि है, हेर न ऊ त्यो कालिकास्थान पनि आम्मा।।म्मा  गणेश हिमाल त झन् ठ्याक्कै मिलेको”, अर्को रौसिँदै बोले । “यसमा हेर् न यसमा, त्यही तलको बोर्डिङ स्कूल होइन रु, लौ म पनि रैछु त यहाँ”, तेस्रोले भन्यो ।” रसुवाको कालिका गाउँपालिका–२ स्थित कालिकास्थानमा आफ्नै परिवेश फरक माहोलमा हेरेर दङ्ग बने बालबालिका । वृद्धवृद्धा, तरुण युवाहरु पनि...

  • २०७६ कार्तिक २१, बिहिबार

    लोप हुँदै गन्धर्वको पेशा

    ‘दुःखीलाई आएन काल ः बाँचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिक्नुभएको उहाँ अहिले ६९ वर्षको हुनुभयो । शरीरमा पहिले झैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेशाप्रति भने उहाँको रुचि घटेको छैन् । आफ्ना बाउबाजेले गाउँगाउँमा गई गीत गाएरै जीविकोपार्जन गरेको परम्परालाई...

  • २०७६ कार्तिक २०, बुधबार

    कात्तिक नाचअन्तर्गत युद्धकला मञ्चन हुँदै

    सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत ३७९ वर्ष पुरानो ललितपुरको ऐतिहासिक कात्तिक नाचको आज छैटौँ दिन युद्धकला नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अबधिभर कात्तिक नाच हुने गर्छ । आज आयोजना हुने पहिलो चरणको नाटकमा उषा हरण र माधवानल लीलासम्बन्धी युद्धकला देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताउनुभयो । उहाँले...

  • २०७६ कार्तिक १९, मंगलबार

    ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

    साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु...

  • २०७६ कार्तिक १९, मंगलबार

    १९७४ एडी कन्सर्ट कीर्तिपुरमा ः कीर्तिपुरका डिएसपी कामतीद्वारा पूर्ण रुपमा सुरक्षा दिने प्रतिबद्धता

    सांगितिक क्षेत्रमा सक्रिय भइरहेको कीर्तिपुरको कीर्ति इभेन्टसले कार्तिक २३ गते शनिबार दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका १० वडास्थित नयाँबजार खेलकुद मैदानमा नेपालको सर्वाधिक चर्चित ब्याण्ड १९७४ एडीको कन्सर्ट कार्यक्रमको आयोजना गरेको छ । साथै उक्त कन्सर्टमा सर्वाधिक चर्चित ब्याण्ड कुतुम्बले १९७४ एडी ब्याण्डसंग संयुक्त रुपमा सांगितिक प्रस्तुति पनि हुनेछ भने चर्चित गायक रोहित जोन क्षेत्रीले १९७४ एडीको...

Pages