STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मयुर नाच संरक्षणमा नगरपालिका

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ३, मंगलबार

जिल्लाको भेरी नगरपालिका मयुर नाच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो । पुरानो संस्कृतिले जिल्लाको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयुर नाच संरक्षणमा जुट्ने प्रत्येक समूहलाई रु ५० हजारका दरले प्रोत्साहनस्वरुप सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछाडि मयुरको जस्तो प्वाँख, हातमा लट्ठी गर्दै एकापसमा मयुरको तालमा नाचिने यो संस्कृतिले हाम्रो पुरानो संस्कृतिको संरक्षणमा ठूलो सहयोग गर्छ ।” नगरपालिकाभित्र रहेका छ समूहलाई थप मनोवल प्रदान होस् भनेर कमै भए पनि आर्थिक सहयोग गरेको नगरप्रमुख घर्तीले बताउनुभयो । वडा नं ६ का मयुर नाच संरक्षणमा जुटेका युवाले यो सहयोगले काम गर्न झनै सजिलो भएको बताउनुभयो । नगरपालिकाभित्रका यस्ता संस्कृति संरक्षणले नगरपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलो सहयोग पुग्ने नगरप्रमुख घर्तीले बताउनुभयो । त्यस्ता संस्कृति संरक्षण गर्न सके सिङ्गो जिल्लाको संस्कृतिको संरक्षण हुने विश्वासका साथ नगरपालिकाले यो अभियान सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ । नगरपालिकाभित्र लुकेर रहेका संस्कृतिलाई संरक्षण गर्न सके भावी सन्ततिका लागि सहयोग हुने घर्तीको भनाइ छ । संस्कृति र परम्परासँग नेपालीको जीवन जोडिएकाले पनि संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उक्त नगरपालिकाजस्तै जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा भएका संस्कृतिको संरक्षण गर्नुपर्नेमा सरोकारवालकाको जोड छ । पुरानो संस्कृतिले नेपाली संस्कृतिको जर्गेनासँगै मानिसको जीवनस्तर उकास्न सहयोग गर्ने भएकाले संस्कृतिको संरक्षण गर्न आवश्यक हुने सरोकारवालाको भनाइ छ ।
Categorized in सिनेमा