STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भिडियोसहित

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ८, आइतबार

मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ ।
Categorized in सिनेमा