STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालका सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार

नेपालका ख्याति प्राप्त सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित हुनु भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन, नेपाल एवं युथ वर्ल्ड एण्ड सोशल मंच , राजस्थानको तत्वाधानमा इंदौरको विजय नगरस्थित मंगल सिटीमा फेब्रुअरी ८  माघ २५ गते  भएको अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय रत्न अवार्ड एन्ड कन्फेरेशन २०२० बाट सम्मान गरिएको हो । तीन दशक अघिदेखि सङ्गीत साधनामा लाग्नु भएका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि २०१९ जुलाई १५ मा राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा ुइन्टरनेशनल इण्डियन बेस्टिज अवार्डु २०१९ प्रदान गरिएको थियो । राजोपाध्यायलाई सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारले सङ्गीत मञ्जरी उपाधि प्रदान गरेको थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो । नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दि नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनु भएको छ । सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफूल म्युजिक फर मेडिटेशन र भारतबाट सुरिल म्युजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् ।
Categorized in सिनेमा