STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ फाल्गुण १८, आइतबार

    मिस नेवाः ११४० को अडिसन सम्पन्न

    काठमाडाैं– नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्णा गर्ने उदेश्यले आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११४०’ को अडिसन काठमाडौंमा सम्पन्न भएको छ । नेप्लीज फेसन होम (एनएफएच इभेन्ट्स) ले विगत १५ वर्षदेखि मिस नेवाः गर्दै आएको छ । शुक्रवार सम्पन्न भएको अडिसनबाट १५ औं संस्करणको मिस नेवाः का लागि २५ जना प्रतिस्पर्धिहरु छनोट गरिएको आयोजक संस्थाले...

  • २०७६ फाल्गुण १३, मंगलबार

    सारङ्गीको धुनमार्फत सात हजार व्यक्तिलाई ट्राफिक सचेतना

    ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७०० व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो...

  • २०७६ फाल्गुण ११, आइतबार

    बङ्गाली स्वरमा ‘कलकत्ते काईंयो।

    कलकत्ते काईंयो केश मेरो बाङ्गो टेबलमा ऐना छ पिरती मैले नलाको हैन तकदिरमा रैनछ।।। धानकै बाला झुलाउँला मायालाई बोलाउँला।।। नेपालीले झैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बङ्गली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै गाह्रो भो । धक फुकाएर लोकलयमा नेपालको चर्चित गीत प्रस्तुत गर्दा माहोल नै नेपालमय बन्यो । नेपाली मौलिक पोशाकमा ठाँटिएका बङ्गाली कलाकारले नेपाली झैँ हाउभाउसमेत लोकलयमै अभिव्यक्त गरे ।...

  • २०७६ फाल्गुण ७, बुधबार

    नमस्ते ब्याण्डको विश्व सङ्गीत महोत्सव बाराहीघाटमा

    नमस्ते ब्याण्डले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर महाशिवरात्रिका दिन पोखरामा १५औँ संस्करणको विश्व सङ्गीत महोत्सव गर्ने भएको छ । गीत–सङ्गीतको विकासका लक्ष्यसहित फागुन ९ गते यहाँ पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीघाटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड तथा नेपालका चर्चित कलाकारको प्रस्तुतिसहित सङ्गीत महोत्सव गर्न लागिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोज ईश्वर गुरुङले...

  • २०७६ फाल्गुण ६, मंगलबार

    ‘मिर्मिर कपालैमा’ लिएर आउनुभयो घोरासैनी

    गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराउनुभएको छ । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराउनुभएको हो । आफ्नै शब्द, स्वर र सङ्गीतमा उहाँले ‘मिर्मिर कपालैमा’ ल्याउनुभएको हो । ‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिनुभएको छ । गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताउनुभयो । “लामो समयको अन्तरालपछि ‘मिर्मिर...

  • २०७६ फाल्गुण ६, मंगलबार

    तेश्रो निफमा बुलबुल को बर्चश्व

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा विगत तीन वर्षदेखि निफ नेपालमा हुने फिल्म महोत्सबहरु मध्यकै उत्कृष्ट र परिष्कृत महोत्सब हो । निफ अर्थात ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल’ । निफ को तेश्रो संस्करणमा ४० देशका ८० भन्दा बढि फिल्महरु सहभागी रहेको थियो । निफ नेपालमा मात्र नभई साउथ एसियाकै राम्रो मध्येको एक फेष्टिभल भएको जानकारहरु बताउँछन् । राजधानीमा पाँच दिनसम्म संचालन भएको निफमा...

  • २०७६ फाल्गुण ४, आइतबार

    अब कोरौँ ‘मुहार चित्र’

    क्यामराले एक सेकेन्डमा खिचिक्क पारेर खिचेको मावन मुहार त धेरैले देखेका छन् । प्रयोग पनि धेरै हुन्छ, तर जलरङले पनि दुरुस्तै मुहार उतारेको भने कमैले देख्छन् र प्रयोग पनि कमै भएको छ । मुहारमा उत्रेको हाँसो खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेसा पनि रङबाट दुरुस्तै बनेका मुहार देख्नेहरु अनाँैठो मान्छन् । कसैका गालाका डिम्पल पनि हाँसिरहे झैँ लाग्छन् अनि कसैको उमेरले दिएको चाउरीपना उमेरसँगै...

  • २०७६ फाल्गुण ३, शनिबार

    काठमाडौंका २०० वर्ष पुराना प्रेमगीतहरू

    काठमाडौं– सन् १८५० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत पुगेका थिए । त्यहाँ राष्ट्रिय गानको चर्चा चल्यो । जंगबहादुर अलमल परे । नेपालमा राष्ट्रिय गान भन्ने नै थिएन । देशकै बेइज्जति हुने ठानेपछि उनले आफूसँगै गएका नेपालीहरूसँग कानेखुसी गरे । त्यति बेला नेपालभाषाको गीत ’राजमती’ निकै चर्चित थियो । उनीहरूले त्यही गीत बजाइदिए । बेलायतमा त्यसरी बजेपछि ’राजमती’ गीतको चर्चा झनै चुलियो, जुन...

  • २०७६ फाल्गुण २, शुक्रबार

    प्रणय दिवस प्रेम साट्न रानीमहलमा

    आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रुपमा लिने गरिएको छ । प्रणय दिवसमा गुलाबको फूल तथा अन्य विभिन्न उपहार दिएर आफूलाई मन पर्ने अर्थात् माया गर्ने मान्छेलाई खुशी पार्ने र रमाइला ठाउँहरु घुम्ने चलन छ । प्रेमभाव व्यक्त गर्न विभिन्न एकान्त ठाउँमा युवायुवतीका जोडी देख्ने गरिन्छ । जोडीहरु प्रेमको...

  • २०७६ फाल्गुण १, बिहिबार

    ट्राफिक सचेतना सारङ्गी धुनले

    सचेतनाका आ आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ । यसक्रममा महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’ प्रयोग गरेको थियो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले...

  • २०७६ माघ २८, मंगलबार

    गायक संजीप प्रधानका बुवा रहेनन्

    काठमाडौं– नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक संजीप प्रधानका पिता गणेशभक्त प्रधानको निधन भएको छ । संगीतकार तथा गायकका रुपमा समेत परिचित ७६ वर्षीय गणेशभक्त प्रधानको तीन दिनअघि काठमाडौंमा निधन भएको हो । कब्जियत समस्याले पीडित प्रधानको केही समयअघि आन्द्राको अपरेशन भएको थियो । अपरेशनको केही समयपश्चात् नै उनको निधन भएको हो । प्रधानका छोरा संजीप र बुहारी सरिष्मा अमात्य अमेरिकामा बसोबास गर्दै आइरहेका...

  • २०७६ माघ २८, मंगलबार

    नेपालका सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

    नेपालका ख्याति प्राप्त सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित हुनु भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन, नेपाल एवं युथ वर्ल्ड एण्ड सोशल मंच , राजस्थानको तत्वाधानमा इंदौरको विजय नगरस्थित मंगल सिटीमा फेब्रुअरी ८  माघ २५ गते  भएको अन्तर्राष्ट्रिय सम्मेलनमा...

Pages