मिस नेवाः ११४० को अडिसन सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार
काठमाडाैं– नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्णा गर्ने उदेश्यले आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११४०’ को अडिसन काठमाडौंमा सम्पन्न भएको छ ।
नेप्लीज फेसन होम (एनएफएच इभेन्ट्स) ले विगत १५ वर्षदेखि मिस नेवाः गर्दै आएको छ ।
शुक्रवार सम्पन्न भएको अडिसनबाट १५ औं संस्करणको मिस नेवाः का लागि २५ जना प्रतिस्पर्धिहरु छनोट गरिएको आयोजक संस्थाले जनाएको छ ।
अडिसनमा छनोट भएका प्रतिस्पर्धिहरु काठमाडौं, भक्तपुर, ललितपुर लगायत अन्य जिल्लाको प्रतिनिधित्व गर्दै सहभागि भएका छन् ।
अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, नेपाल क्योकूसिन सेइसीन काइकान करा“ते संघका अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठ, मिस नेवाः ११३९ नीतु डंगोल, पूर्व मिस नेवाः रीजु मानन्धर तथा सञ्चारकर्मीद्वय त्रिलोचन प्रधान तथा कृष्ण भट्टराई निर्णायकको रुपमा रहेका थिए ।
यसपटकदेखि मिस नेवाः प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार पाउने भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार यो वर्ष ‘मिस नेवाः ११४०’ को उपाधि जित्ने प्रतिस्पर्धिले नगद एक लाख रुपैया“ पुरस्कार स्वरुप प्राप्त गर्नेछिन् । फस्र्ट रनर्स अप तथा सेकेण्ड रनर्स अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव डेढ महिना लामो प्रशिक्षण दिइने छ । त्यसक्रममा उनीहरुलाई नेपाल भाषा, कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ । यसका साथै उनीहरुलाई आत्मविश्वास विकास, लिडरशिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइने छ ।
तिस्पर्धीहरुलाई कोरियोग्राफर रोजिन शाक्य, पूर्व मिस नेवाः सुनिता डंगोल, सेल्फ डिफेन्स प्रशिक्षक अशोककुमार श्रेष्ठ आदिले प्रशिक्षण दिने छन् ।
मिस नेवाः को ग्राण्ड फिनाले वैशाख दोस्रो साता कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।
Categorized in सिनेमा