STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायक संजीप प्रधानका बुवा रहेनन्

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार

काठमाडौं– नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक संजीप प्रधानका पिता गणेशभक्त प्रधानको निधन भएको छ । संगीतकार तथा गायकका रुपमा समेत परिचित ७६ वर्षीय गणेशभक्त प्रधानको तीन दिनअघि काठमाडौंमा निधन भएको हो । कब्जियत समस्याले पीडित प्रधानको केही समयअघि आन्द्राको अपरेशन भएको थियो । अपरेशनको केही समयपश्चात् नै उनको निधन भएको हो । प्रधानका छोरा संजीप र बुहारी सरिष्मा अमात्य अमेरिकामा बसोबास गर्दै आइरहेका भए पनि बिरामीको बुवाको हेरविचारको लागि संजीप प्रधान केही समयअघिदेखि काठमाडौंमै रहेका थिए । नेपालको सांगीतिक इतिहासमा दिवंगत प्रधानको नाम आदरका साथ लिने गरिन्छ । आफ्नो समयमा भारतको कोलकत्तासम्म पुगी गणेशभक्त प्रधानले गीत रेकर्ड गराएको प्रमाण भेटिएका छन् । २०३० सालमा रेडियो नेपाल र भारतको एचएमभी कम्पनीमा समेत दिवंगत प्रधानका दर्जनौं गीत रेकर्ड भएका थिए ।
Categorized in सिनेमा