STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषा र नेपालीमा ‘बहिदार बाबु’

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २६, आइतबार

काठमाडौं– नेवार फिल्म क्षेत्रका निर्देशक बासु शाहीको निर्देशनमा ‘बहिदार बाबु’ नेपाली र नेपालभाषामा बन्ने भएको छ । नेपालभाषामा शुटिङ्ग सकाई फिल्मलाई खस नेपाली भाषामा डबिङ गर्ने जानकारी निर्देशक शाहीले दिएका छन् । २६ माघ आइतबार ललितपुरस्थित अक्षयश्वर महाविहारमा फिल्मको मुर्हूत सम्पन्न भयो । मुर्हूत कार्यक्रममा हास्य अभिनेता राजाराम पौडेलले क्यामरा ‘अन’ गरेका थिए भने सिनेपत्रकार विजयरत्न असंबरेले मुर्हूत क्ल्याप दिएका थिए । हरि घेमोसु निर्माता रहेको फिल्म सुकुन्दा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । मल्टिस्टारर यस फिल्ममा खस नेपाली फिल्म क्षेत्रका कलाकार राजाराम पौडेललगायत लक्ष्मी गिरी, रवि डंगोल, सुरेन्द्र केसी, सुशील पोखेर, बासु शाही, हरि घेमोसु र शोभा महर्जनको अभिनय रहनेछ । सिनेमाटोग्राफी र एडिटिङ्ग सोहन मानन्धरको हुने फिल्ममा पुजा शाहीको शृङ्गार, सावनदेव श्रेष्ठको संगीत, लक्ष्मण सेन्चुरीको द्वन्द्व रहनेछ । बहिदार बाबु फिल्ममा युवा पुस्तालक्षित एक्सन हुने यसका निर्माता एवंं लेखक हरि घेमोसुले बताए ।
Categorized in सिनेमा