विचार
-
२०७५ फाल्गुण ६, सोमबार
विवाह भन्दा खर्चिलो व्रतबन्ध !
– सुभानु आचार्य मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीका...
-
२०७५ फाल्गुण ३, शुक्रबार
काठमाडौंमा अझै २० लाख जनसंख्या थप्ने सहरी विकास
अपिल केसी कसैले सहरको परिभाषा एक वाक्यमा सोध्यो भने मेरो उत्तर हुन्छ, यो आर्थिक कारोबार हुने एक मञ्च हो। सहर बहुआयामिक छ। हरेक व्यक्ति, हरेक संस्था र हरेक संरचनाको आफ्नै परिभाषा। सहर विगतका घटनाहरूको संग्रह हो। भविष्यमा रचिने कथाहरूको मञ्च पनि हो। यी सबै आयाम एकै लेखमा उधिन्न सम्भव छैन। म यहाँ सहरमा हुने राजनीतिको सानो परिदृश्य मात्र खिच्ने प्रयास गर्दैछु। सहर भनेको पूर्वाधार पनि हो। ठूल्ठूला...
-
२०७४ फाल्गुण २४, बिहिबार
अन्तर्राष्ट्रिय महिला दिवसः महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न पाएनन्
काठमाडौँ, विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्वप्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । महिलाविरुद्ध...
-
२०७४ फाल्गुण ९, बुधबार
अमेरिका सिरियामा के चाहन्छ ?
डेनभर, संयुक्त राज्य अमेरिका, ९ फागुन (रासस) ः मध्यपूर्वको धेरैजसो भूभाग अहिले द्वन्द्वको भुमरीमा रहेका सन्दर्भमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मध्यपूर्वको भ्रमण सिरियाली द्वन्द्व समाधानमा केन्द्रित हुनुपर्छ । उहाँको काम सजिलो छैन । मध्यपूर्वमा पूर्णतया तर नदेखिनेगरी अमेरिकी कुटनीति केन्द्रित छ र विदेश विभागले समस्याको समाधानका लागि कुनै उपाय पाएजस्तो देखिदैन । अझ महत्वपूर्ण कुरा त...
-
२०७४ फाल्गुण ६, आइतबार
समयसमयका परिवर्तनको ढोका बनेको फागुन ७ गते
–पूर्णप्रसाद मिश्र काठमाडौँ, प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो । फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२÷०६३ का परिवर्तन भए । राणा शासनको अन्त्यसँगै सात सालले परिवर्तनको ढोका खुल्यो । विश्लेषक हरि शर्मा २००७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको...
-
२०७४ फाल्गुण १, मंगलबार
समस्या सास गन्हाउने, समाधान घरेलु उपाय
सास गन्हाउने समस्या पनि मानिसको जीवनमा एक महत्वपूर्ण समस्या हो । प्राय: कतिलाई सास गन्हाउने समस्याले सताएका हुन्छन् । यो समस्याले गर्दा कतिलाई आफ्नै साथीहरुले जिस्काउने र मानिसको अगाडी लजित वनाउने जस्ता कार्यहरु गरेका हुन्छन्, र कतिले भोगिरहेकै कुरा हो । यो समस्या भएका मानिसहरु अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था र्सिजना हुन सक्छ । अरु व्याक्तिले पनि नराम्रो मान्ने हुदा...
-
२०७४ माघ १६, मंगलबार
सम्पदा पुनःनिर्माणमा स्थानीयको चासो
“आयो हल्लाई भुकम्प गयो भत्काई त्यो अमूल्य इतिहास झन झन म त लेखक म त साहित्यकार आखिरमा परे पत्रकार जहाँ उभिएको छु हेर्दै विलाउँछु मल्लकालमा एकैछिन...” भूकम्प गएको तीन बर्ष नवित्दै आज पनि उहि हिसाबले सम्पदा पुनःनिर्माणले गति लिन नसक्दा आज आएर कुन नेपालीको मन नरोला ? हिजो भर्खरै सुन्दर कमलको फूलबारी सरी बनेको सम्पदा आज अकस्मात एउटा मृत्यु शैयाको लास सरि बन्दा ओहो ! जिन्दगी हाम्रो कसरी पो यस्तो...
-
२०७४ माघ १०, बुधबार
‘संस्कृत नरहे संस्कृति बच्दैन’ ः शताब्दी पुरुष
–पूर्णप्रसाद मिश्र नेपाली भाषाको नाटकमा रसस्वादन गरिरहेका दर्शक संस्कृत भाषाको नाटकमा पनि त्यत्तिकै मोहित बन्न थालेका छन् । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक मञ्चित ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक प्रदर्शनका क्रममा दर्शकले जीवन्त संस्कृत भाषाको नाटक हेर्ने मौका पाएका हुन् । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं –४ का...
-
२०७४ माघ ७, आइतबार
विद्यासुन्दरलाई विज्ञ समूहको सुझावः रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ
७ माघ, काठमाडौं । रानीपोखरीको पुननिर्माणमा देखिएको विवाद सुल्झाउने गरी गठन भएको विज्ञ समितिले रानीपोखरीको पुनर्निर्माण पैसा आर्जन गर्ने उद्देश्यका साथ नगर्न सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बुझाइएको प्रतिवेदनमा रानीपोखरी प्रताप मल्लकै पालाको जस्तौ शैली र प्रविधिमा निर्माण गर्न सुझाव दिइएको छ । मेयर शाक्यले रानीपोखरीमा पार्क बनाउने र त्यहाँ वरपर कफी सप खोल्ने...


