विचार
-
२०७६ आषाढ १६, सोमबार
एसइई उत्तीर्ण भन्छन्– प्राविधिक क्षेत्रमा जान विज्ञान पढ्छु
एसइईको नतिजा सार्वजनिक भएसँगै यतिखेर प्राप्त जिपिएका आधारमा विद्यार्थीले कुन विषय पढ्ने भन्ने धारणा बनाउन थालेका छन् । शैक्षिक यात्रामा फलामे ढोकाका रुपमा लिने गरिएको एसइईमा प्राप्त नतिजाले सामान्यतः जो कोहीको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा दुई मत छैन । यसैको जगमा टेकेर अभिभावकले पनि आफ्ना बालबच्चाको शैक्षिक उन्नयनका लागि गरिने लगानी तय गर्ने गर्दछन् । सरकारले विगतमा कक्षा १० सम्मलाई...
-
२०७६ आषाढ ९, सोमबार
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस्– शिक्षामन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गर्नुभएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा आज मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताउनुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ...
-
२०७६ आषाढ ८, आइतबार
निर्देशक समाजले मदनकृष्ण र हरिवंशलाई बिर्से
नेपालका चलचित्र निर्देशकहरुको संगठन नेपाल चलचित्र निर्देशक समाजले आफ्ना दुई अग्रज बरिष्ठ चलचित्र निर्देशकद्धय मोहन निरौला र तिर्थ थापालाई सम्मान गरेको छ भने सो समाजले उमेरले ६० वर्ष नाघेका निर्देशकहरुलाई सम्मानार्थ आजिवन सदस्यता प्रदान गरेको छ । समाजलाई थप सक्रियता दिदै चलचित्र सर्जक सम्मान २०७६ आयोजना गरि निर्देशकद्धय मोहन निरौला र तिर्थ थापालाई सम्मान गरेको हो । सो समारोहमा प्रमुख अतिथि संघीय...
-
२०७६ आषाढ १, आइतबार
आफैँभित्रको खुशी खोज्न योग
‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ । ‘योगस्थः कुरु कर्माणि’ अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा गरिएको छ । संस्कृत भाषामा योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । मानिस दुःखमा बाँचिरहेको हुन्छ । कसरी सुखी खुशी हुने भन्ने खोजीमा हुन्छ ।...
-
२०७६ जेठ ३०, बिहिबार
विपीवाद खोज्दै सङ्ग्रहालय विराटनगर यात्रामा
विपी सङ्ग्रहालय समितिले विपीवादको खोजी गर्दै आजदेखि सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा शुरु गरेको छ । लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन विपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा शुरु गरिएको सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले राससलाई जानकारी दिनुभयो । यात्रा जेठ ३२ गते सुन्दरीजलमै आएर समाप्त हुनेछ । यात्राका क्रममा सङ्ग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको...
-
२०७६ जेठ २९, बुधबार
सन्दर्भ : गुथि विधेयक– अबको युद्ध, नेवारहरुको अन्तिम युद्ध हो !
देशभित्र अहिले आदिवासी जनजाति नेवारहरुको अन्तिम लडाइँ शुभारम्भ भाको छ । खै, के लेखौं ? कहाँबाट लेखुँ ? धेरै छन् लेख्ने चीजहरु । अँ, असार १३ गते नेपालभरिका सम्पूर्ण हलहरुमा रिलिज हुन लागेको ‘कीर्तिपुर ः द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ ऐतिहासिक फिल्मबाट सुरु गरौं । जुन फिल्म आजको परिस्थितिसंग पनि सम्बन्धित फिल्म हो । किनकि यो फिल्म कीर्तिपुर र गोर्खाली राजा पृथ्वीनारायण शाहसंग सम्बन्धित युद्धको एउटा...
-
२०७६ जेठ २४, शुक्रबार
यौनिक तथा अल्पसङ्ख्यकको पीडा
रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए । उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन् । आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य भए । परिवारको माया नपाएपछि पढाइलाई निरन्तरता दिन पनि सकेनन् । तेस्रोलिङ्गी भएकै कारण समाजले उनको अस्तित्व स्वीकार गरेन । कैयौँपटक आत्महत्याको असफल प्रयास गरे । जीविका...
-
२०७६ जेठ २४, शुक्रबार
पशुबली न्यूनीकरण सचेतना बढ्दै
धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्नेमा सचेतना बढ्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माग गर्नुभएको छ । हिन्दू, इस्लामलगायत केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहले धर्मका आधारमा पशुबली...
-
२०७६ जेठ २३, बिहिबार
रातो मछिन्द्रनाथ जात्राका प्रचलन कायमै राख्न जोड
झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएको कपिल बज्राचार्य ६७ वर्षको हुनुभयो । उहाँ २२ २३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । बज्राचार्य आफूलाई रातो मछिन्द्रनाथलाई पाटन ल्याउनेमध्येका एक गुरु बन्धुदत्त बज्राचार्यको सन्तान भएको दावी गर्नुहुन्छ । उहाँले देवताको सेवामा बिताउनुभएको यो पाँच दशकमा पूजा विधिमा...
-
२०७६ जेठ २२, बुधबार
झरीमा तप्तप्, धुपमा हप्हप्, न गाँस न सुरक्षित बास चन्द्रमाया मानन्धरलाई
आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि १ पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि त छ उहाँलाई । साथमा रहेका अबोध दुई छोरीलाई च्यापेर बस्नुपर्ने बाध्यताले कहाँ छोडेको छ र बनेपा नगरपालिका–७ झापालीटोलकी ४६...
-
२०७६ जेठ १६, बिहिबार
न्यूनदृष्टियुक्त भोला र भावुकका सफलताका पाना
मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रभावकारी हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर उपलब्ध गराउनाका साथै माया पनि गरियो दृष्टिविहीन र न्यूनदृष्टि भएकाहरु प्नि सामान्य मानिस जस्तै सबल र सक्षम हुन सक्छन् भन्ने प्रमाणित भइसकेको छ । यसका ज्वलन्त उदाहरण हुन् ३७ वर्षीय दृष्टिविहीन भोला त्रिपाठी । स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका उहाँले २०६२ सालदेखि...
-
२०७६ जेठ १५, बुधबार
आलेख ः गणतन्त्रले दियो स्वतन्त्रता
शान्ता चौधरीले बिताएका जीवनका १७ वर्ष कम कहाली लाग्दा थिएनन् । पढ्ने उमेरमा जमिनदारको घरमा कमलरी बसेकी शान्तालाई अहिले त्यो नराम्रो सपना जस्तो लाग्छ । दाङकी शान्ता जस्तै पश्चिम नेपालका करीव १२ हजार भन्दा बढी थारु समुदायका बालिकाहरुको जीवनमा एउटा कालो समय छ, कालो कथा छ । ती यातना, दुव्र्यवहार, गालीगलौज, घृणा र अभावले शान्तालाई जीवन बदल्ने आँट आयो । राज्यसँग भूमि माग्न गरिएको सानो आन्दोलनले...


