STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘संस्कृत नरहे संस्कृति बच्दैन’ ः शताब्दी पुरुष

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १०, बुधबार

–पूर्णप्रसाद मिश्र 

नेपाली भाषाको नाटकमा रसस्वादन गरिरहेका दर्शक संस्कृत भाषाको नाटकमा पनि त्यत्तिकै मोहित बन्न थालेका छन् ।

सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक मञ्चित ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक प्रदर्शनका क्रममा दर्शकले जीवन्त संस्कृत भाषाको नाटक हेर्ने मौका पाएका हुन् । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं –४ का विद्यार्थीले सो शीर्षकको नाटक यही माघ सात देखि ९ गते प्रदर्शन गरेका हुन् । गुरुकुल सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन सामाजिक विषय वस्तुमा आधारित नाटक प्रदर्शन गरिएको अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले जानकारी दिनुभयो । नाटक प्रदर्शनबाट खर्च कटाएर रु एक लाख बचत भएको उहाँले बताउनुभयो । यो रकम माध्यमिक तह सञ्चालनको अनुमति पाएको गुरुकुलका ५० बटुकको आवासीय सुविधा सहितको अध्ययन अध्यापनमा लगानी गरिने जनाइएको छ । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले संस्कृत भाषा नरहे नेपाली संस्कृति पनि लोप हुँदै जाने बताउनुभयो । “लिच्छविकालका संस्कृतका धेरै शिलालेख अहिले पनि सुरक्षित छन्, कति शिलालेख र बहुमूल्य ग्रन्थ संग्रहालयमा पनि राखिएको छ”– उहाँले भन्नुभयो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले संस्कृत भाषालाई आधुनिक ढंगले अध्यापन गराउन लागिएको जानकारी दिनुभयो ।

Categorized in विचार