STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यासुन्दरलाई विज्ञ समूहको सुझावः रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ

Janjati Khabar – जनजाति खबर | २०७४ माघ ७, आइतबार

७ माघ, काठमाडौं । रानीपोखरीको पुननिर्माणमा देखिएको विवाद सुल्झाउने गरी गठन भएको विज्ञ समितिले रानीपोखरीको पुनर्निर्माण पैसा आर्जन गर्ने उद्देश्यका साथ नगर्न सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बुझाइएको प्रतिवेदनमा रानीपोखरी प्रताप मल्लकै पालाको जस्तौ शैली र प्रविधिमा निर्माण गर्न सुझाव दिइएको छ । मेयर शाक्यले रानीपोखरीमा पार्क बनाउने र त्यहाँ वरपर कफी सप खोल्ने योजना ल्याएका थिए । तर, विज्ञ समूहले रानीपोखरीलाई व्यवसायीकरण नगर्न सिफारिस गरेको छ । विज्ञ समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीकाअनुसार प्रतिवेदनले जंगबहादुरको पालामा पुनर्निर्माण गर्दा प्रयोग गरिएका शैली र प्रविधि पनि प्रयोग नगर्न सिफारिस गरेको छ । रानीपोखरीको पुननिर्माणका क्रममा महानगरपालिकाले पानी रोक्न भन्दै क्रंकिट प्रयोग गरेपछि त्यसको तीव्र बिरोध भएको थियो । त्यसलाई सुल्झाउन गठन भएको विज्ञ समूहले आफ्नो प्रतिवेदनमा कंक्रिटको प्रयोग गर्दै नगर्न सुझाव दिएको छ । बरु यसअघि प्रयोग भएका गल्तीलाई सच्याएर पुरानै स्वरुप र शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । | प्रतिवेदन बुझ्दै मेयर शाक्यले प्रतिवेदनको सिफारिसलाई पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणसँग बसेर कसरी लागू गर्ने भन्ने निर्णय लिने बताए । पोखरी र यसको बीचका रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको छ । पोखरी र मन्दिर जंगबहादुर राणा र जुद्धसमशेर राणाको पालामा पनि केही परिवर्तन भएकाले त्यसलाई हटाएर मल्लकालकै शैलीमा पुनर्निर्माण गर्न समितिले सुझाव दिएको छ । अहिले पुनर्निर्माणका लागि जथाभावी प्रयोग गरिएका कंक्रिटहरु हटाउन पनि सिफारिस गरिएको कार्कीले जानकारी दिए । साथै रानीपोखरी वरपर निर्माण गरिएका स-साना घर-टहरा लगायतका भौतिक संरचनाहरु पनि हटाउने सिफारिस गरिएको छ । समितिको प्रतिवेदनमा पोखरीमा पानी टिकाइराख्नका लागि विज्ञ सम्मिलत अध्ध्यन समिति बनाउने, रानीपोखरीभित्रका धारा र इनारहरुलाई पुनस्र्थपित गर्ने, चारकुनामा रहेका विभिन्न मन्दिरहरुलाई कम्पाउण्डभित्र समेट्ने सिफारिस गरेको छ । रानीपोखरीमा रहेको सेता हात्तीको मूर्तिमा हटाएर पथ्थरलाई नै दुरुस्त राख्न समितिले सिफारिस गरेको छ । रानीपोखरी मन्दिर जाने पुलको पर्खालबाट पनि क्रंक्रिट हटाएर प्रताप मल्लकै पालाको जस्तो इट्टाबाट निर्माण गर्न सुझाव दिएको छ ।
Categorized in विचार