विचार
-
२०७६ आषाढ २६, बिहिबार
विश्व जनसङ्ख्या दिवस जनसाङ्ख्यिक असन्तुलनको खतराप्रति सजग हुन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गर्नुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा...
-
२०७६ आषाढ २६, बिहिबार
बच्चाहरुले धेरै बेरसम्म मोबाइल चलाउदा लाग्छ यस्तो रोग
यदि तपाईंको घरमा बच्चा छन् र उनीहरु फोन चलाउँछन् भने यो खबर तपाईंका लागि निकै महत्वपूर्ण हुनसक्छ । चिकित्सकले स्मार्टफोन र भिडियो गेम इत्यादिमा दिनको सात घण्टाभन्दा बढी समय बिताउने ९ देखि १० वर्षका बच्चाको कोर्टेक्स मस्तिष्कको बाहिरी पत्र समय अगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् । भारतस्थित हार्ट केयर फाउन्डेशन एचसीएफआई का अध्यक्ष डाक्टर के।के। अग्रवालले स्क्रिनमा धेरै समय बिताउनु बच्चाको...
-
२०७६ आषाढ २६, बिहिबार
जनजाति र साझा स्वानी प्रथा
संखुवासभा जिल्लाको सबैभन्दा उत्तरी गाउँ किमाथाङ गाउँ विकास समिति नेपाल अधिराज्यकै सबैभन्दा कम जनसंख्या भएको गाउँ विकास समिति हो । २०३८ सालको जनगणनामा त्यहाँ जम्मा ४२ वटा घर थिए । त्यस गाविस सिङमा भोटे परिवारमा बहुपति (साझा स्वास्नी राख्ने) प्रथा छ । त्यहाँ हाल ४१ घर छन् । परिवारको जेठो छोराले स्वास्नी ल्यायो भने त्यो स्वास्नी उसको परिवारमा जति जना दाजुभाइ हुन्छन् सबैको साझा हुन्छे । परिवारका अन्य...
-
२०७६ आषाढ २५, बुधबार
काठमाडौलाई प्राचीन शहर बनाउने कि आधुनिक शहर
कुनै समय काठमाडौं कान्तिपुर को सौन्दर्यवाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले अलकापुरी नगरी कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको शहर हो । यसलाई ‘मन्दिरै मन्दिरको शहर’ पनि भनियो । ४०० ईशापूर्व पुरानो किरात सभ्यतालाई अझैपनि आफ्नो गर्भमा समेटेर बाँचेको यो शहरले आधुनिकतालाई पनि आत्मसात गर्दै गएको छ । अहिले मन्दिरै मन्दिरको यो शहरमा आधुनिक व्यापारिक भवन, सिनेमा घर, प्रविधियुक्त संरचनाहरु...
-
२०७६ आषाढ २४, मंगलबार
बच्चालाई कुपोषण भयो चिन्ता नलिनुस्
‘कुपोषण’ लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ । पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा बालबालिकामा कुपोषणले सताउँछ । जैमिनी नगरपालिका–८ छिस्तीका छ महीने शिशु सङ्गम शर्मालाई शुरुमा ज्वरो आयो । आमा कुमारीले गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्न लैजानुभयो । औषधिले ज्वरो निको भएन । शिशु...
-
२०७६ आषाढ २४, मंगलबार
विषादीरहित तरकारी उत्पादन आवश्यक
देशभन्दा बाहिरबाट आयात हुने विषादीयुक्त तरकारी प्रयोग न्यूनीकरणका लागि स्थानीयस्तरमै विषादीरहित तरकारीको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलको कीटनाशक विषादी परीक्षण सम्बन्धमा चर्चा चलिरहेको सन्दर्भमा यहाँका सरोकारवालाले भने स्थानीयस्तरमै विषादीरहित तरकारीको उत्पादन बढाउन सकिए तरकारीका लागि परनिर्भर हुनुनपर्नेमा जोड दिएका छन् । स्वास्थ्य...
-
२०७६ आषाढ २२, आइतबार
बालश्रम न्यूनीकरण अभियान शुरु
विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ । अभियानअन्तर्गत शनिबार विदुर नगरपालिका–४ को समन्वयमा बट्टारमा बालश्रम न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक...
-
२०७६ आषाढ २०, शुक्रबार
अझै पूरा भएन खुला दिसामुक्त क्षेत्र अभियान
मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् । सरकारले आगामी असोज १३ गतेभित्र मुलुकलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको बेला ती स्थानीय तहलाई छिटोभन्दा छिटो आआफ्नो क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न...
-
२०७६ आषाढ २०, शुक्रबार
सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्छ ः उपप्रधानमन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभएको छ । पर्सा जिल्लाका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको बताउनुभएको हो । सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएको कामहरु पाँच वर्षभित्रै सम्पन्न हुने विश्वास दिलाउँदै मन्त्री पोखरेलले विकास र...
-
२०७६ आषाढ १९, बिहिबार
नेपालको जनजाति
नेपालका प्रथम राजवंशका रुपमा गोपाल राजवंशलाई मानिन्छ । त्यस पछि किराँत राजवंशले गोपाल राजवंशलाई पराजित गरी आफ्नो शासन चलाए । गोपाल राजवंश आर्यमूलका र किराँतहरु मंगोल थिए । किराँतहरुले नेपालमा कति वर्ष शासन गरे भन्ने विषय अपुष्ट नै भए तापनि कसैले ७०० वर्ष, कसैले १११८ वर्ष कसैले १६३० वर्ष, कसैले १८२० वर्ष, कसैले ३००० वर्षजति शासन गरे भनेर लेखेका छन् । त्यसपछि किराँतहरुलाई लिच्छवीहरुले विस्थापित गरे...
-
२०७६ आषाढ १९, बिहिबार
ढिकीजाँतो हराए
रुकुम पूर्व का गाउँमा सञ्चालन हुँदै आएको बिजुलीको विस्तारसँगै स्थापित आधुनिक मिलले गर्दा यहाँका ढिकी तथा जाँतो लोप हुँदै गएका छन् । गाउँगाउँमा धान कुट्ने, गहुँ, मकै, तोरी पिस्ने मिल भित्रिएकाले पुराना ढिकी तथा जाँतो लोप हुँदै गएका हुन् । एकदशकअघिसम्म जिल्लाको सबै ठाउँमा लोकप्रिय रहेको ढिकी र जाँतो विद्युत विस्तार भएसँगै पूर्ण विस्थापित भएको त्यस क्षेत्रका बासिन्दा बताउँछन् । रुकुमकोटमा आजभन्दा १०...
-
२०७६ आषाढ १८, बुधबार
अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ
विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको सो विद्यालयमा कक्षा १२ सम्मको अध्ययन शुरु भइरहेकामा यस वर्षदेखि विज्ञान विषयको पनि अध्यापन हुने र यसका लागि...


