STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनजाति र साझा स्वानी प्रथा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २६, बिहिबार

संखुवासभा जिल्लाको सबैभन्दा उत्तरी गाउँ किमाथाङ गाउँ विकास समिति नेपाल अधिराज्यकै सबैभन्दा कम जनसंख्या भएको गाउँ विकास समिति हो । २०३८ सालको जनगणनामा त्यहाँ जम्मा ४२ वटा घर थिए । त्यस गाविस सिङमा भोटे परिवारमा बहुपति (साझा स्वास्नी राख्ने) प्रथा छ । त्यहाँ हाल ४१ घर छन् । परिवारको जेठो छोराले स्वास्नी ल्यायो भने त्यो स्वास्नी उसको परिवारमा जति जना दाजुभाइ हुन्छन् सबैको साझा हुन्छे । परिवारका अन्य दाजुभाइले आफू आधुनिक बन्न खोजेर भाउजुलाई स्वास्नी स्वीकारर गर्न अनकनाए पनि त्यहाँको परिवार र समाजले त्यस प्रथाबाट उन्मुक्ति दिदैंन । केही पढेलेखेका युवाहरु यो प्रथा हटाउने प्रयास नगरेका पनि होइनन् तर उनीहरु स्वयं नै गाउँलेहरुबाट लखेटिएका छन् । यो संस्कृतिलाई किमाथान्काबासीले जोगाई राख्न चाहन्छन् र यसै संस्कृतिबाट समाजमा चिनिन चाहन्छन् । संयुक्तपति प्रथालाई सांस्कृतिक निधि ठान्ने किमाथान्का बासीहरु यस प्रथालाई आर्थिक विपन्नताको उपज पनि ठान्छन् । त्यसै त गरिब त्यसमा पनि अलगअलग स्वास्नी लिएर छुट्ेको खण्डमा कसरी अन्न उब्जाउने, कसरी नुन ओसार्ने, कसरी पशुपालन गर्ने भन्ने जस्ता समस्या आइपर्ने हुँदा यो प्रथालाई उनीहरु जोगाएरै राख्न चाहन्छन् । बहुति प्रथाको अर्थ यो होइन कि सबै भाइहरु एयटै घरमा बसेर साझारुपमा एउटी महिलालाई भोग गर्छन् । लोग्नेहरुको कामको बाँडफाँड स्वास्नीबाटै हुन्छ । को नुनु बोक्ने जाने, को भेडा चराउने, कसलाई चौरी खर्क पठाउने, कसलाई घर कुर्न बस्छ त्यसैले त्यस अविधभरि ती स्वास्नीलाई भोग गर्दछ । एवं रीतिले रोटेसनअनुसार काम गर्नुपर्दछ । कुन सन्तान कुुन भाइको हो त्यसको निक्र्यौल पनि स्वास्नीबाटै हुन्छ लोग्नेलाई थाहा हुँदैन । यसरी छाजन्मेका सन्तानले जेठो चाहिँलाई मात्र बुबा र बाँकी सबैलाई काका भन्दछ । स्वास्नीले एउटालाई मात्र बढी माया र अरुलाई अलि हेला गर्दिनन् तापनि कहिलेकाहीँ त्यस्तो अनुभव अन्य भाइले गर्दा झगडा हुने र घर छाड्ने गरेका उदारण पनि नभेटिएका होइनन् ।
Categorized in विचार