STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विचार

  • २०७६ श्रावण १२, आइतबार

    जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै

    आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष हुँ भन्ने सबैमा यससम्बन्धी राम्रो ज्ञान नहुँदा जनमानसमा ज्योतिष विज्ञानप्रति विश्वास कमजोर हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । आधुनिक युगमा पनि...

  • २०७६ श्रावण १०, शुक्रबार

    गाँजाको विकल्प दिँदै जनप्रतिनिधि

    जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमीन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महीना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन् । तीनै तस्करले गाँजा लगाउन, गोडमेल गर्न, थन्काउन र ढुवानीका लागि उनीहरुलाई नै प्रयोग गर्दै आएका छन् । तस्करको काम...

  • २०७६ श्रावण १०, शुक्रबार

    विकृतिले कता लैजाँदैछ तीज

    ‘हाम्रा लाागि आवाज उठाइदिन्छ भनेर कसैको बाटो कुर्नुभन्दा समाज परिर्वतनको संवाहक आफैं बन्नुपर्छ।’ पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता मलाला युसुफजईको यो भनाइले मलाई अहिले प्रेरित गरिरहन्छ। हिन्दु नेपाली महिलाको महान् चाड तीज नजिकिँदै गर्दा मलाई झन् यो भनाइ सान्दर्भिक लागेको छ। महिला भएको नाताले मैले पनि युट्युब र टेलिभिजनमा तीजका गीत घन्काएँ, नाच्ने जमर्को गरेँ। तर, बिडम्बना...

  • २०७६ श्रावण ९, बिहिबार

    बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

    हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ । सर्केगाड गाउँपालिका–८ का १५ वर्षीया सीता ऐडी र वर्ष १८ का पारस ऐडीबीच गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा...

  • २०७६ श्रावण ८, बुधबार

    जनजातिहरुको नोकरी विवाद

    सेनामा भर्तीका विषयमा लिम्बु र तामाङ जातिमा सन्दर्भमा भने फरक धारणा बनाइएको थियो । गुरुङ र मगरहरुलाई जसरी सेनामा भर्ती लिइन्छ त्यसरी लिम्बु र तामाङलाई नगर्ने नीति अख्तियार गरियो । यो परम्परा पृथ्वीनारायण शाहपछि पनि कायम रह्यो । तामाङहरुले सेनाहरुको भारी बोक्ने पद पिपा मात्र भर्ती हुन पाउने भए । दुरा समुदायका मानिसहरुले पनि सेनामा भर्ती हुन पाउँदैनथे । शाही सेनामा भर्ती हुन नपाउने भएकाले...

  • २०७६ श्रावण ७, मंगलबार

    सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद

    सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल बन्दै गएको भन्दै...

  • २०७६ श्रावण ६, सोमबार

    ‘बिपीको महत्व अझै सान्दर्भिक’

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले स्व बिपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । ३७ बिपी स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस बिपी स्मृति भवन कलैयामा आज बिपीको सालिक स्थापना कार्यक्रममा यादवले मुलुकमा प्रजातन्त्र ल्याउन एवं राणाको जहानियाँ शासन अन्त्य गर्न बिपी कोइरालाले खेलेको भूमिकालाई...

  • २०७६ श्रावण ५, आइतबार

    खुट्टाले लेखेर भविष्य खोज्दै खाम्चा

    बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोक्नुभएको छ । पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत हुनुहुन्छ । उहाँको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । गर्भावस्थामा जण्डिस कमलपित्त रोगले ग्रसित खाम्चा औषधि उपचारको अभावमा सधैँभरी अर्काको...

  • २०७६ श्रावण ५, आइतबार

    अनाथ बालबालिकासँग जन्मदिन

    जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ । ‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन् । तर सुर्खेत पश्चिम...

  • २०७६ श्रावण ४, शनिबार

    अब युवाको उमेर १८ देखि ३५ वर्ष

    सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम गरेर परिभाषित गर्न थालिएको बताउनुभयो । “सबै मुलुकमा युवाको उमेर ३५ वर्षभन्दा माथि...

  • २०७६ श्रावण ३, शुक्रबार

    छाउपडी अन्त्यका लागि कानून बनाउन माग

    सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् । युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले बिहीबार सुर्खेतको बराहताल गाउँपालिकामा आयोजना गरेको ‘जनतासँग सभामुख’...

  • २०७६ श्रावण ३, शुक्रबार

    को आदिवासी ? को जनजाति ?

    नेपालमा विभिन्न ३२ वटा जनजातिहरुका जातीय संगठनहरु मिलेर बनेको जनाजाति महासंघ वा अन्य जनजातिवादीले आदिवासी र जनजाति पदावलीलाई जर्बजस्ती एक एक अर्काका पर्याय मान्दै आएका छन् । झट सुन्दा सही जस्तो लागे तापनि वास्तवमा उनीहरुको यो भनाई सही छैन । किनभने आदिवासी शब्द बसोबाससँग सम्बन्धित छ । अग्रेजीको इन्डिजिनस वा एबोजिनको नेपाली अर्थ हुन्छ आदिवासी, निवासी वा मूलवासी । यसरी आदिवासी बसोबाससँससम्बिन्धित...

Pages