विचार
-
२०७६ आश्विन ८, बुधबार
‘सुनको पहाड’ मा बेपत्ता परिवारको पीडा
आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । पूर्वमन्त्री राम कार्की, लेखक डा अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले मङ्गलबार संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभयोे । सो अवसरमा नेकपा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको तथा घटनाको प्रस्तुति सही र रोचक तरिकाले...
-
२०७६ आश्विन ७, मंगलबार
सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार सम्भव
धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन् । सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाउनुभएको छ । तनहुँको ब्यास नगरपालिका–११ का चार वर्षीया निर्मला चेपाङ गत भदौ २६ गते घरमै खेलिरहेको अवस्थामा तातो पानीले जलेर घाइते भएकी थिइन् । कम्मरमुनिको भाग जलेर घाइते...
-
२०७६ आश्विन १, बुधबार
पूर्व कुमारी प्रीति, जसले ुनानिचाःया रथयात्रा पूरा नगरी हुनुपर्यो कुमारी घरबाट बिदा
२०६५ साल असोज ३ गते, शुक्रवार। येँयास् इन्द्रजात्रा को अन्तिम दिन जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको रथलाई ुनानिचास् यास्ु बीचको नगर परिक्रमा गराउने दिन थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव पहिलोपटक कुमारीको हातबाट टीका लगाउन आउने कार्यक्रम थियो। तर, त्यो दिन मल्लकालबाट निरन्तर रुपमा चलिआएको रथ यात्रामा पहिलोपटक ुब्रेकु लाग्यो। कारण थियो ( माओवादी नेतृत्वको सरकारबाट आएको...
-
२०७६ भाद्र ३१, मंगलबार
इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले
राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत हुनुहुन्छ । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिर्नुभएकी दर्जीका हात चियाका मुन्टा टिप्नमा नै व्यस्त...
-
२०७६ भाद्र २६, बिहिबार
आधुनिकतासँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा
कुमाल समुदायको पुख्र्यौली पेशा माटोको भाँडा बनाउने सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेकोे हो । जिल्लाको एक मात्र ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटोको भाँडाहरु पहिलेको तुलनामा कम बिक्री हुने गरेको यो पेशा अपनाउँदै आएका कुमाल समुदायले बताएका छन् । खाल्लेका...
-
२०७६ भाद्र २३, सोमबार
दुवै हात नभएकी सङ्घर्षशील सम्झना ः ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु
दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिनुभयो । खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आउनुभएको हो । मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आउनुभएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिनुभएको थियो । निम्न...
-
२०७६ भाद्र २२, आइतबार
विद्यावारिधि प्राप्तको अनुभव ः ‘स्वदेशमै केही गर्न सकिन्छ’
“राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग गर्न हामी लाग्नुपर्छ ।” सन् २०१८ मा काठमाडौँ विश्वविद्यालयबाट प्रारम्भिक वालविकास विषयमा विद्यावारिधि पिएचडी गरी सोही विषयमा अनुसन्धान–प्रशिक्षणमा कार्यरत डा मीनाक्षी दाहाल स्वदेशमै केही गर्न सकिन्छ भन्नेमा ढुक्क देखिनुहुन्छ । उच्च शिक्षा हासिल गर्न...
-
२०७६ भाद्र २१, शनिबार
इतिहास कोर्ने हातहरु
राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतार्नुभएको छ । राजा प्रताप मल्ल बाजागाजाका साथ आइरहेका छन् । राजाका भारदारी लम्बकर्ण भट्ट, जमुना गोभाजु पनि छन् । रानी र राजकुमारी...
-
२०७६ भाद्र २०, शुक्रबार
दशैँ खर्च जुटाउन भारत पलायन
“पढाउन सक्ने अवस्था छैन, जसोतसो पढाए पनि कामको सुनिश्चित हुँदैन, त्यसैले आफूसँगै छोरालाई भारत लैजान लागेका हौँ”, विक्रम विकले भन्नुभयो । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छोडेर बाबुसँगै आफू पनि भारत जान लागेको मुर्तिहा नाका अर्थात् नेपालगन्ज भन्सारमा भेटिएका दीपक विकले विवशता पोख्दै भने, “म त विदेश जाँदैछु, म जस्ता थुप्रै बालक पनि यसरी नै भारतमा मजदूरी गर्न गइरहेका छन् ।” दशैँलगायतका...
-
२०७६ भाद्र १९, बिहिबार
धेरै घुमियो, अनि लेखियो ः राजकर्णिकार
यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वःभीमरथारोहण अर्थात् बूढो पास्नी मनाउन लाग्नुभएका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरुका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुग्नुभयो । उहाँ र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले बौद्ध परम्परानुसार परित्राण पाठ गरी शुभकामना र आशिष दिए भने भदौ १७ गते साहित्यकारहरु...
-
२०७६ भाद्र १८, बुधबार
बढ्दो आत्महत्या चिन्ताजनक समस्या
विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ४९ ले आत्महत्या गरेका थिए भने आव २०७४÷७५ मा ४७ ले आत्महत्या गरेका थिए । गत आवमा ४४ ले...
-
२०७६ भाद्र १७, मंगलबार
लाखेनाच संरक्षणका लागि पहल
लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो । अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच प्रतियोगिता सम्पन्न गरेको छ । कुनै समय निकै प्रख्यात रहेको लाखेनाच आजभोलि लोप...


