STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालको जनजाति

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १९, बिहिबार

नेपालका प्रथम राजवंशका रुपमा गोपाल राजवंशलाई मानिन्छ । त्यस पछि किराँत राजवंशले गोपाल राजवंशलाई पराजित गरी आफ्नो शासन चलाए । गोपाल राजवंश आर्यमूलका र किराँतहरु मंगोल थिए । किराँतहरुले नेपालमा कति वर्ष शासन गरे भन्ने विषय अपुष्ट नै भए तापनि कसैले ७०० वर्ष, कसैले १११८ वर्ष कसैले १६३० वर्ष, कसैले १८२० वर्ष, कसैले ३००० वर्षजति शासन गरे भनेर लेखेका छन् । त्यसपछि किराँतहरुलाई लिच्छवीहरुले विस्थापित गरे । लिच्छवीहरुले इस्वीको आठौं शताब्दीसम्म शासन गरेको थिए । उनीहरु आर्यवंशी क्षत्रीय थिए । यसरी नेपालमा आर्य र मंगोलवंशका जातिहरु समानान्तर रुपमा बसिआएको इतिहास साक्षी छ । वर्तमान नेपाली समाजका पुर्खाहरु उनै गोपाल, किराँत र लिच्छवी राजवंश नै थिए । उनीहरुको अवसानपछि अन्य बेग्लाबेग्लै जातिको उद्गम भएको हो । ऐतिहासिक प्रमाणहरु गोपालवंशीहरु द्धारकाबाट भगवान् कृष्णको साथ लागेर नेपाल आएका थिए भनिन्छ भने किराँतहरु इसापूर्व १२०० तिर भारतको बाटो हुँदै काठमाडौं उपत्यका प्रवेश गरेका थिए । त्यसै गरी लिच्छवीहरु पनि ई. काृ लगभग २०० तिर भारतको वैसालीतिर (वर्तमान मुजफरपुर जिल्ला) बाट निकै ठुलो संख्यामा आएर नेपालमा बसोबास गर्न थालेको कुरा वंशवालीका आधारमा जान्न सकिन्छ । यसरी हिजोका नेपालका तिनैवटा प्राद्धचीन राजवंशको उद्गमस्थल भारत भएको स्पष्ट हुँदाहुँदै आजका नेपालका जनजातिहरुले आफुहरुलाई आदिवासी जनजाति दावा गरिरहेका छन् र अन्य सबैलाई नवागन्तुक जातिमा गणना गर्दै आफ्नै मात्र प्रभुत्व स्थापना गर्ने प्रयासमा लागेका छन् । यस्तो कार्यले समस्या पहिचान गर्नुको साटो थप जटिलता सिर्जना गर्दछ । तत्कालीन सरकारले पनि पञ्चयातकालमा सेतामगुराली अर्थात् सेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बु र अलिपछि गएर थारुसमेत गरी सातवटा जातिलाई आदिवासी मान्दै आएको थियो भने प्र्रजातन्त्रको पुनस्र्थापनापश्यात् गम्भीरतापूर्वक विचारै नगरी जनजातिकै दबाबमा परेर ६१ जातिलाई आदिवासी भनी घोषणा ग¥यो । नेपाल सरकारले उनीहरुलाई आदिवासी घोषणा गर्दा के विचार पु¥याएन भने स्थानविषेशका आधारमा आदिवासी नामकरण गरिनु हुँदैनथ्यो । सरकारले आदिवासीले सूचीमा राखेका ६१ जातिलाई आदिवासी भनी घोषणा ग¥यो । सरकारले आदिवासीको सूचीमा राखेका ६१ जाति निम्न छन् । सेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बु, कुमाल, कुसुन्डा, राउटे, सुरेल, जिरेल, मेचे, बोटे, दुरा, सतार, दनुवार, पहरी, राजवंशी, नेवार, लेप्चा, झागंड, धिमाल, थकाली, भोटे, स्याङतन, हायु, माझि, किसान, दरै, सुनुवार, ताङवे, मनाङे, थामी, डोल्पो, थारु, ल्होमी, ब्याँसी, धानुक, ह्याल्मो, कुसबडिया, गनगाई, चिम्तन, छन्त्याल, छैरोतन, ठिन्तन, ताजपुरिया, तोप्केगोला, थुदुम, फ्री बनकरिया, भुजेल, मुगाली बराम, मार्फाली, बाह्रगाउँले राजी, लार्के ल्होपा, सियार र वोलुङ । माथि उल्लिखित ६१ जनजाति मध्ये नेवारहरुको विरोधपछि उनीहरुलाई यो सूचीबाट हटाइएको छ भने मनाङेहरु पनि गुरुङ नै भएकाले उनीहरुलाई पनि सूची बाट हटाइएको छ । अब आदिवासीको सूचीमा ५९ जनजाति सूचीकृत छन् । ती ५९ मा पनि हेलम्बुवासीलाई ह्याल्मो, डोल्पालीलाई डोल्पो, तोम्केगोला वासाी लाई तोप्केगोला, ओलाङचुङगोला वासीलाई बोलुङ, मुगावासीलाई मुगाली, स्याङगाउँ वासीलाई स्याङतनी, थुदामवासीलाई थुदाम, दुराडाँडा बस्नेलाई दुरा, ठिनीका बासिन्दालाई ठिन्तन, चिम्तनवासीलाई चिम्तन, ताङवेका बासिन्दालाई ताङवे भन्दै केवल जनजातिको संख्या बढाउने नाममा स्थानविशेषका नामबाट कृत्रिम सूची तयार गर्ने कार्य भएको छ । यो सूचीलाई डा. हर्क गुरुङ समेत असहमति प्रकट गर्दै खोलैपिच्छे जनजाति हुन सक्दैन, यस सुचीलाई सच्याई वैज्ञानिक बनाउनुपर्ने कुरो बताएका छन् । सरकारले घोषणा गरेका ६१ आदिवासी जनजातिहरुबाट प्रतिष्ठानले मनाङेलाई सूचीबाट हटाइएको छ र याख्खालाई सूचीकृत गरेको छ । यिनीहरुको सामाजिक आर्थिक, धार्मिक, जनसांख्यिक, सांस्कृतिक अवस्था कस्तो छ भन्ने जानकारीका लागि प्राप्त भएसम्मका प्रमाणका आधारमा ती सबैको बेग्लबेग्लै विवरण दिइएको छ ।
Categorized in विचार