STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वैशाख २४ को कार्यक्रममा सहभागी हुन संस्कृति पर्यटन मन्त्रालयको आह्वान

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २०, बिहिबार

बागमती प्रदेश सरकारले पारित गरेको भाषा विधेयक लागु भएको अवसरमा वैशाख २४ गते हुन गइरहेको वृहत उत्सवको कार्यक्रममा सहभागी हुन बागमती प्रदेश सरकार संस्कृति पर्यटन एवं सहकारी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सम्पूर्णमा आह्वान गरेको छ ।

बागमती प्रदेशका संस्कृति पर्यटन एवं सहकारी विकासमन्त्री शैलेन्द्रमान वज्राचार्यको हस्ताक्षरसहित प्रेस विज्ञप्तिलाई बुधबार काठमाडौंको हिमालय होटलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव हरिशरण पुडासैनीले सुनाएका थिए ।

पत्रकार सम्मेलनमा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले स्वागत गरेका थिए भने बागमती प्रदेशका पूर्व संस्कृति पर्यटन एवं सहकारी मन्त्री पुकार महर्जनले भाषा विधेयक लागु गराउन गर्नुपरेका संघर्षहरु सुनाएका थिए ।

पत्रकार सम्मेलनमा तामाङ घेदुङका सचिव सञ्चु ब्लोनले पनि मन्तव्य राखेका थिए ।

नेपाल एक बहुभाषिक, बहुसांस्कृति देश भएको उल्लेख गर्दै ठूलो राजनीतिक परिवर्तनपश्चात् प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र र संघीय व्यवस्था प्रतिष्ठापन पछि संविधानले गरेको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन ल्याउन संविधानमा व्यवस्था गरिएको भाषा आयोगको सिफारिस अनुसार बागमती प्रदेश सरकारले पारित गरेको प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा बनाइएको ऐन २०८० यही वैशाख २०८१ वैशाख २४ गते, नेपाल संवत् ११४४ चौलागा त्रयोदसी, मञ्जुश्री संवत् २८६० को दिन व्यवहारमा लागु हुन लागेको जारी प्रेस विज्ञप्तिमा उल्लेख हो ।

प्रेस विज्ञप्तिमा वैशाख २४ गते सोमबारको दिन संघीय राजधानी काठमाडौंको सांस्कृतिक केन्द्र बसन्तपुरमा विशेष समारोह गरिने र सो समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिको रुपमा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विशेष अतिथिको रुपमा सहभागी हुने पनि जनाइएको छ ।

सो कार्यक्रमको व्यवस्थापन नेवाः देय् दबू र तामाङ घेदुङले गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

वैशाख २४ गते बिहान ७ बजे बसन्तपुरबाट एक ¥याली निकालिने र ९ बजे बसन्तपुरमै भाषा ऐन लागु भएको खुसियाली सभा गरिने पनि जनाइएको छ ।

भाषा विधेयक पारित गर्न बागमती प्रदेश सभाका सम्पूर्ण सांसद, विधेयक तयार गर्न महत्वपूर्ण भूमिका निभाउनुहुने, भाषा आयोगका सम्पूर्ण पदाधिकारी, विधेयकलाई आवश्यक परिमार्जन गर्न गठित कार्यदलका सदस्यहरुलगायत आवश्यक सल्लाह दिने नेवाः र तामाङ समुदायका विज्ञहरुलाई विज्ञप्तिमार्फत् धन्यवाद ज्ञापन पनि गरिएको छ ।

विज्ञप्तिमा अन्तमा वैशाख २४ गते बिहान ७ बजे हुने ¥याली र त्यसपछिको सभामा सहभागी हुन सम्पूर्णमा आह्वान समेत गरिएको छ ।

 

Categorized in राष्ट्रिय