STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भाषा ऐन लागु हुने उत्सव समारोह समिति गठन

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ बैशाख २०, बिहिबार

नेपाल संवत् ११४४ चौलागा द्वादशी वैशाख २४ गते बागमती प्रदेशले तामाङ र नेपालभाषालाई प्रदेशस्तरीय सरकारी कामकाजी भाषाको रुपमा लागु गर्ने दिनको खुसियाली मनाउन समारोह समिति गठन गरिएको छ ।

गत सोमबार काठमाडौंको नेपाः ब्यांक्वेटमा प्रदेश संस्कृति पर्यटन एवं सहकारी विकास मन्त्रालयको आयोजनामा भएको एक भेलाले ३ सय ३ जना सदस्य रहेको समारोह समिति गठन गरेको हो ।

बागमती प्रदेशका संस्कृति, पर्यटन एवं सहकारी विकासमन्त्री शैलेन्द्रमान वज्राचार्यको सभापतित्वमा भएको सो भेलाले एउटा कार्यसमिति पनि गठन गरेको छ ।

कार्यक्रममा मन्त्री वज्राचार्यले अधिकार प्राप्त भएपछि त्यसलाई प्रयोगमा ल्याउन सबैमा अनुरोध गर्नुहुँदै बागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषा सरकारी कामकाजी भाषाको रुपमा ऐनमा पारित हुनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउँदै यो ऐन लागु हुने दिन वैशाख २४ गते बसन्तपुरमा बिहान ७ बजे उत्सव र्‌याली र ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुने सभामा सहभागी हुन पनि सबैमा आह्वान गर्नुभएको छ ।

मन्त्री वज्राचार्यले यस उपलब्धिलाई जनमानससमक्ष पु¥याउन आफूले प्रदेशको मन्त्रिपरिषद्को बैठकमा वैशाख २४ गते भाषा ऐन लागु हुने दिन सार्वजनिक बिदन दिइनुपर्ने प्रस्ताव राखेको र सो प्रस्ताव पारित भएको भन्दै भाषिक अधिकारको रक्षा र प्रयोगमा सबैलाई आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले नेवार र तामाङ मिलेर गठित प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन शुभारम्भ समारोह समितिका सदस्यमा बस्नुहुने नेवारहरुको नाम प्रस्तुत गर्नुभएको थियो भने तामाङ घेदुङ संघका सहअध्यक्ष कुमार सिं घिसिङले समारोह समितिमा रहनुभएका सदस्यहरुको नाम सार्वजनिक गर्नुभएको थियो ।

सो कार्यक्रम नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितले सञ्चालन गर्नुभएको थियो ।

 

Categorized in राष्ट्रिय