STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विचार

  • २०७६ जेठ २३, बिहिबार

    रातो मछिन्द्रनाथ जात्राका प्रचलन कायमै राख्न जोड

    झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएको कपिल बज्राचार्य ६७ वर्षको हुनुभयो । उहाँ २२ २३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । बज्राचार्य आफूलाई रातो मछिन्द्रनाथलाई पाटन ल्याउनेमध्येका एक गुरु बन्धुदत्त बज्राचार्यको सन्तान भएको दावी गर्नुहुन्छ । उहाँले देवताको सेवामा बिताउनुभएको यो पाँच दशकमा पूजा विधिमा...

  • २०७६ जेठ २२, बुधबार

    झरीमा तप्तप्, धुपमा हप्हप्, न गाँस न सुरक्षित बास चन्द्रमाया मानन्धरलाई

    आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि १ पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि त छ उहाँलाई । साथमा रहेका अबोध दुई छोरीलाई च्यापेर बस्नुपर्ने बाध्यताले कहाँ छोडेको छ र बनेपा नगरपालिका–७ झापालीटोलकी ४६...

  • २०७६ जेठ १६, बिहिबार

    न्यूनदृष्टियुक्त भोला र भावुकका सफलताका पाना

    मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रभावकारी हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर उपलब्ध गराउनाका साथै माया पनि गरियो दृष्टिविहीन र न्यूनदृष्टि भएकाहरु प्नि सामान्य मानिस जस्तै सबल र सक्षम हुन सक्छन् भन्ने प्रमाणित भइसकेको छ । यसका ज्वलन्त उदाहरण हुन् ३७ वर्षीय दृष्टिविहीन भोला त्रिपाठी । स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका उहाँले २०६२ सालदेखि...

  • २०७६ जेठ १५, बुधबार

    आलेख ः गणतन्त्रले दियो स्वतन्त्रता

    शान्ता चौधरीले बिताएका जीवनका १७ वर्ष कम कहाली लाग्दा थिएनन् । पढ्ने उमेरमा जमिनदारको घरमा कमलरी बसेकी शान्तालाई अहिले त्यो नराम्रो सपना जस्तो लाग्छ । दाङकी शान्ता जस्तै पश्चिम नेपालका करीव १२ हजार भन्दा बढी थारु समुदायका बालिकाहरुको जीवनमा एउटा कालो समय छ, कालो कथा छ । ती यातना, दुव्र्यवहार, गालीगलौज, घृणा र अभावले शान्तालाई जीवन बदल्ने आँट आयो । राज्यसँग भूमि माग्न गरिएको सानो आन्दोलनले...

  • २०७६ बैशाख ६, शुक्रबार

    वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन

    क्रान्तिलाई मैले सलाम गरिसकेंँ  क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ ।    दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि ।  सामन्तवादको किल्लाका रूपमा रहेको राजतन्त्रले बिदा लिएको धेरै भइसक्यो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा...

  • २०७६ बैशाख ५, बिहिबार

    देश बन्दैछ र केही नयाँ हुँदैछ भन्ने आत्मविश्वास बढ्दै गएको छ 

    सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका छन् ।  यस मुलुकमा केही भएकै छैन, मात्र भ्रष्टाचार भएको छ, सरकार पूरै असफल भएको छ, प्रधानमन्त्री र मन्त्रीहरु गफ मात्रै दिन्छन् भन्नेका लागि विकासका पछिल्ला उदाहरण स्वतः जवाफका रुपमा उपस्थित हुन्छन् । यिनले आम जनतामा लोकतन्त्रप्रतिको आस्थालाई...

  • २०७६ बैशाख ३, मंगलबार

    एचआइभीले उजाडिएको जिन्दगी

    ‘चरीले राएन हो कि लेग काफल पाक्दा न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’  ‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक महिला ।  एचआइभी एड्सकै कारण उहाँले २४ वर्षको कलिलो उमेरमा आफ्ना पति मात्रै गुमाउनुभएको छैन,...

  • २०७५ चैत्र २७, बुधबार

    भग्नावशेषभित्र पुरिएको पीडा– आश भने जिउँदै

     निर्धन उत्थान लघुवित संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो  ।  कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको घर हावाहुरीसँगै भत्किँदा उनको त्यो सपना त्यही भग्नावशेषमा पुरिन गयो । भत्किएको त्यो भग्नावशेषमा उनले...

  • २०७५ चैत्र २२, शुक्रबार

    ‘पुलतीको घर’ लोकार्पण

    “झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ । सुन्दर पुतली बन्छ ऊ ।” “मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पु¥याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन् । मात्र मौका चाहिएको छ, उनीहरुलाई झुसबाट निक्लिएर पुतली बनेर संसार डुल्नका लागि...

  • २०७५ चैत्र १८, सोमबार

    क्षणभरमै खोसिएको खुसी

    दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा...

  • २०७५ चैत्र ११, सोमबार

    सुनचाँदी व्यवसायीमा ११ लाख ब्यक्तिलाई रोजगारी प्राप्तः अध्यक्ष शाक्य

    सर्वप्रथम म यस काठमाडौं सुनचाँदी ब्यवसायी संघको सोह्रौं साधारण सभामा उपस्थित हुनु भएका सम्पूर्ण सदस्य महानुभावहरु, प्रमुख अतिथि डा. श्री सत्यमोहन जोशीज्यू, प्रदेश नं.३ का सभामुख विशिष्ट अतिथि माननीय श्री सानु कुमार श्रेष्ठज्यू, अतिथिज्यूहरु, पत्रकार तथा आमन्त्रित सम्पूणं महानुभावहरु समक्ष कार्यसमितिको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक हार्दिक स्वागत  आर्थिक समृद्धि सहितको अभिवादन व्यक्त...

  • २०७५ चैत्र ७, बिहिबार

    जाति र जनजाति अन्तर परिभाषा

    जसरी जनजातिको आफ्नै बेग्लै सामाजिक संस्कृति भाषा, रहनसहन, खानपान र इलाका हुन्छ त्यसै गरी जातिहरु हिन्दूसंस्कृति, जातिप्रथा, भाषा आदिका अभिन्न अगं हुन् । जातिहरुको परम्परा हिन्दू सामाजिक व्यवस्था सँगैसँगै जोडिएको हुन्छ । जातिभित्र बाहुन, क्षेत्री, वैश्य, शुद्र (राजपुत र कायस्थ, वैश्य र सार्की दमाई कामी (शुद्र अछुत) आदि पर्दछन् । अर्थात् जातिभित्र दलितहरु पनि पर्दछन् । जातिभित्र एउटा उच्च जाति र...

Pages