STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विचार

  • २०७६ श्रावण ६, सोमबार

    ‘बिपीको महत्व अझै सान्दर्भिक’

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले स्व बिपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । ३७ बिपी स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस बिपी स्मृति भवन कलैयामा आज बिपीको सालिक स्थापना कार्यक्रममा यादवले मुलुकमा प्रजातन्त्र ल्याउन एवं राणाको जहानियाँ शासन अन्त्य गर्न बिपी कोइरालाले खेलेको भूमिकालाई...

  • २०७६ श्रावण ५, आइतबार

    अनाथ बालबालिकासँग जन्मदिन

    जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ । ‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन् । तर सुर्खेत पश्चिम...

  • २०७६ श्रावण ५, आइतबार

    खुट्टाले लेखेर भविष्य खोज्दै खाम्चा

    बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोक्नुभएको छ । पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत हुनुहुन्छ । उहाँको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । गर्भावस्थामा जण्डिस कमलपित्त रोगले ग्रसित खाम्चा औषधि उपचारको अभावमा सधैँभरी अर्काको...

  • २०७६ श्रावण ४, शनिबार

    अब युवाको उमेर १८ देखि ३५ वर्ष

    सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम गरेर परिभाषित गर्न थालिएको बताउनुभयो । “सबै मुलुकमा युवाको उमेर ३५ वर्षभन्दा माथि...

  • २०७६ श्रावण ३, शुक्रबार

    छाउपडी अन्त्यका लागि कानून बनाउन माग

    सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् । युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले बिहीबार सुर्खेतको बराहताल गाउँपालिकामा आयोजना गरेको ‘जनतासँग सभामुख’...

  • २०७६ श्रावण ३, शुक्रबार

    को आदिवासी ? को जनजाति ?

    नेपालमा विभिन्न ३२ वटा जनजातिहरुका जातीय संगठनहरु मिलेर बनेको जनाजाति महासंघ वा अन्य जनजातिवादीले आदिवासी र जनजाति पदावलीलाई जर्बजस्ती एक एक अर्काका पर्याय मान्दै आएका छन् । झट सुन्दा सही जस्तो लागे तापनि वास्तवमा उनीहरुको यो भनाई सही छैन । किनभने आदिवासी शब्द बसोबाससँग सम्बन्धित छ । अग्रेजीको इन्डिजिनस वा एबोजिनको नेपाली अर्थ हुन्छ आदिवासी, निवासी वा मूलवासी । यसरी आदिवासी बसोबाससँससम्बिन्धित...

  • २०७६ श्रावण ३, शुक्रबार

    काठमाडौ उपत्यका किन डुबानमा पर्दैछ

    गत बिहीबार रातीदेखि मनसुनी वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ। सतुंगल, बालकुमारी, थानकोट, कलंकी, पाटन, कुलेश्वर, बल्खु लगायत क्षेत्रमा डुबानले जनजीवन अस्तव्यस्त पार्नुका साथै धेरै क्षति भएको छ। विशेषगरी बागमती, विष्णुमती नदी, हनुमन्ते, मनहरा र अन्य खोलाको बाढीले आसपासका क्षेत्रमा ठूलो असर पारेको छ भने अन्य भागमा पनि सामान्य असर पारेको छ। गत वर्ष पनि हनुमन्ते खोलाले भक्तपुरमा ठूलो बितण्डा...

  • २०७६ श्रावण २, बिहिबार

    बाढी पीडितका दबिएका स्वर ः ‘के खाने, कसरी बच्ने’

    घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो । यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ कि भन्ने आशले उहाँ पाँगोले भरिएको मझेरी खोतल्दै हुनुहुन्थ्यो ।...

  • २०७६ आषाढ ३१, मंगलबार

    आज गुरु पुर्णिमा

    गुरुर व्रम्हा गुरुर बिष्णु गुरुर देवो महेस्वर गुरुर सक्क्षात परम व्रम्ह तसमै श्री गुरुबे नमहू अर्थात गुरुनै सबै हुन्। ब्रम्ह, बिष्णु र महेस्वर । उनलाई म प्रणाम गर्दछु । सबै संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । आफ्नो आफ्नो देश र परम्परा अनुसार सबैले गुरु जयन्ती मनाउने गर्दछन । हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर...

  • २०७६ आषाढ ३०, सोमबार

    जनजाति र संस्कृत भाषा

    सबै भन्छन् संस्कृत भाषा अमृत समान हो र तर जनजातिहरु भन्दछन् संस्कृत भाषा मृत भाषा हो । हुनसक्छ उनीहरुले पनि अमृत भन्छुभन्दा अ भन्न बिर्सेर मृत मात्र पो हुन कि । एकजना भोजपुरी कवि पं. दीघनारायण मिश्रले नीतिके वचन मा भनेको छन् जहाँ सद्भाव हुन्छ त्यहाँ नै सुमित हुन्छ । जहाँ दुर्भाग्य हुन्छ त्यहाँ कलह हुन्छ अनि त्यहिँबाटै सुखशान्ति हराउँछ । जनजातिहरुले संस्कृत भाषालाई मृत भाषा भन्दै दुर्भावना...

  • २०७६ आषाढ ३०, सोमबार

    असहायको भरपर्दो सहारा मानव सेवा आश्रम

    दिनरात खुल्ला आकाशमुनि नारकीय जीवन बिताइआएका असहाय एवं मनोरोगीका लागि यहाँको एक संस्था भरपर्दो सहारा बनेको छ । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन बिताउँदै आएका मानिसहरुलाई उद्धार गरी गाँस, बास र कपासको व्यवस्थासहित न्यानो पारिवारिक वातावरण दिँदैआएको छ । पोखरा बजारका सडक एवं सार्वजनिक स्थलमा कहालिलाग्दो जीवन बिताउँदैआएका अनाथ, अशक्त, असहाय...

  • २०७६ आषाढ २९, आइतबार

    लोकसेवाको विज्ञापनमा तेस्रोलिङ्गीलाई समावेश गर्न माग

    सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तक्र्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी...

Pages