विचार
-
२०७५ फाल्गुण २८, मंगलबार
होली गीत लोप हुँदै
शिव मठ पर राम खेलैए होली।।। वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । कल्याणपुर – १२ तिलासी बस्ने ७० वर्षीय फिरङ्गी सदा पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुखी मनले भन्छन्, “पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै...
-
२०७५ फाल्गुण २७, सोमबार
‘शुभयात्रा नभनेको त्यो दिन’
“म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थँे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्नुहुन्छ । “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही...
-
२०७५ फाल्गुण २७, सोमबार
शोक होइन, उत्सव
स्वामी आनन्द अरुण मृत्यु एक नटर्ने यर्थाथ हो । कुनै पनि व्यक्तिबारे अरु कुनै भविष्यवाणी ठोस रुपले गर्न सकिन्न जति उसको मृत्यु एक दिन अवश्य हुन्छ भनेर ठोकुवा गर्न सकिन्छ । हामी यति सुनिश्चित कुरा पनि पूर्णतः बिर्सिएर बेहोसीमा बाँचिरहेको हुन्छौ । सामान्यतः कसैमा यो गहिरो बोध देखिँदैन, हामीले एक दिन अवश्यै मर्नुपर्छ । जो व्यक्तिमा मृत्युको सतत् स्मरण हुनछ, उसबाट अधर्म सम्भव हुँदैन, उसको जीवन पूर्ण...
-
२०७५ फाल्गुण २४, शुक्रबार
श्रीमती चाहिने छोरी नचाहिने ?
निर्मला शर्मा धनगढीको एउटा गैरसरकारी संस्थामा काम गर्ने एकजना महिलाको परिवार सुखी थियो । दुई मात्र सन्तान इश्वरका वरदान थिए । १४ र १० वर्षे छोरी हुर्केपछि उनी घर बाहिरको काम समेत भ्याउन थालेकी थिइन् । तेस्रो सन्तानको त कल्पना पनि थिएन । सासू ससुरा र कतिपय आफन्तले बेलाबेला ‘छोरा नभएको घर’ भन्दा मन चसक्क भएपनि उनले यस्ता लाञ्छनाहरु पचाइसकेकी थिइन । तर, प्रविधिले पेटमा रहेको भ्रुणको पहिचान गरिदिने...
-
२०७५ फाल्गुण २२, बुधबार
कण्डम निःशुल्क हुने तर, स्यानिटरी प्याड किन निःशुल्क नहुने ?
– रीता लामा पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने ? अहिले यो विषयले चर्चा पाएको छ । धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम गर्दैआएका सङ्घसंस्थाले यो विषयलाई महत्वका साथ उठाइरहेका छन् । एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५ वर्ष) गरेदेखि करीब ५०÷५२ वर्षको उमेरसम्म मासिक धर्म अर्थात् महिनावारीलाई...
-
२०७५ फाल्गुण २१, मंगलबार
घटेन बाल विवाह
– हिक्मतबहादुर नेपाली कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी छ भनेर विगतमा धेरै चर्चा हुन्थ्यो । हरेक सार्वजनिक कार्यक्रममा बहस हुन्थ्यो । सरकारी तथा गैरसरकारी निकाय र प्रजनन् स्वास्थ्य क्षेत्रमा काम गर्ने निकाय यसबारे सा¥है चिन्ता लिन्थे । बेला–बेला बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्या कम गर्ने भनेर अभियान पनि चलाइन्थ्यो । एकथरीले त्यस्ता अभियानको सत्तो सराप गर्थे । अखबारमा...
-
२०७५ फाल्गुण २०, सोमबार
भरतमोहनको आखाँमा नेपाल कम्युनिष्ट पार्टीका सस्थापक मध्य एक मोतीदेवी
भरतमोहन अधिकारी मोतीदेवी सम्झनालाई चिरस्थायी गर्न मोतीदेवी स्मृति केन्द्रले मोतीदेवी स्मारिका प्रकाशित गर्न लागेको सुन्दा मलाई सा¥है खुसी लागेको छ । मानिस आउछ जान्छ यो प्रकृतिको नियम हो । उसले छोडेर जो भनेकै उसले देश, जनता र समाजको हितमा गरेका राम्रा कामहरु हुन्् । यो नै हाम्रो परम्परा बन्छ, इतिहास बन्छ । जसले आउने पुस्तालाई जनता र राष्ट्रको लागी समर्पित हुने प्रेरणा प्रदान गर्छ । यस अर्थमा...
-
२०७५ फाल्गुण १९, आइतबार
प्रविधिमैत्री बन्दै स्थानीय सरकार
– काशीराम शर्मा बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको अवधारणा अनुसार मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले सञ्चालनमा आएको उक्त एप्लिकेशन डाउनलोड गरेर उपमहानगरका योजना, बजेट र कार्यक्रमबारे मोबाइलमै हेरेर जानकारी लिन थालेका...
-
२०७५ फाल्गुण १७, शुक्रबार
विकास भनेकै बाटो
दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो । अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ । घोराही स्यूजा सडक खण्डको पुरुङछेडाबाट करीब पाँच किलोमिटर सडक बनाई टाकुरा गाउँको...
-
२०७५ फाल्गुण १५, बुधबार
विभेदले थिचिएकी लोकगायिका डिक्रा बादी
– प्रकाश सिलवाल काठमाडौँ, १५ फागुन ९रासस० स् “बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।।” दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई त्यहाँका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता...
-
२०७५ फाल्गुण १४, मंगलबार
कीर्तिपुरको ठमेल बजारै हो त ‘नेवाः लहना’ !
नेवाः लहना अर्थात् नेवाः सभ्यता । १२ बर्षमा प्रवेश गरिसकेको नेवाः लहना, कीर्तिपुर १ वडास्थित थांबहाः टोलमा रहेको छ । जबदेखि उक्त टोलमा नेवाः लहना स्थापना भयो, स्थापनासंगै नेवाः लहना बिस्तारै चर्चित हुँदै आयो । कीर्तिपुर बाहिरका अधिकांश ग्राहकहरु नेवाः लहनाको ‘फ्यान’ हुँदै आकर्षित हुन थाल्यो नेवाः लहना । यो एक आर्थिक समृद्धिको सिलसिलमा नेवाः लहनाको लागि राम्रो पक्ष हो । नेवाः लहना आउने बाटाका...
-
२०७५ फाल्गुण १२, आइतबार
पत्रकारको आँखामा पोखरा
– जमुना वर्षा शर्मा पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिएका छन् । सधैँ कामको तनाव र हतारको जिन्दगीबाट बेफुर्सदिला रहने पत्रकारले आफ्ना लागि केही समय निकाले, पोखराको दुईदिने बसाइँलाई भरपूर सदुपयोग गरे । तनहुँका पत्रकार सोनी शर्माले भन्नुभयो, “जिन्दगी सधँै हतार र बेफुसर्दिलो, सधैँ...


