STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भरतमोहनको आखाँमा नेपाल कम्युनिष्ट पार्टीका सस्थापक मध्य एक मोतीदेवी

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २०, सोमबार

भरतमोहन अधिकारी मोतीदेवी सम्झनालाई चिरस्थायी गर्न मोतीदेवी स्मृति केन्द्रले मोतीदेवी स्मारिका प्रकाशित गर्न लागेको सुन्दा मलाई सा¥है खुसी लागेको छ । मानिस आउछ जान्छ यो प्रकृतिको नियम हो । उसले छोडेर जो भनेकै उसले देश, जनता र समाजको हितमा गरेका राम्रा कामहरु हुन्् । यो नै हाम्रो परम्परा बन्छ, इतिहास बन्छ । जसले आउने पुस्तालाई जनता र राष्ट्रको लागी समर्पित हुने प्रेरणा प्रदान गर्छ । यस अर्थमा मोतीदेवी गर्नुभएको कामको, उहाँले दिनुभएको योगदानको, उहाँले सामना गरेको कठिन संघर्षको गाथालाई स्मारिकाको रुपमा प्रकाशित बधाई र धन्यवाद दिन चाहन्छु । मोतीदेवी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुनुहुन्छ । यसरुपमा नेपाली कम्युनिष्ट आन्दोलनको कुनै पनि घटकसंग आवद्ध भएका वा स्वतन्त्र रहेको कुनै पनि नेपाली कम्युनिष्टका लागि मोतीदेवी आदरणीय र सधैं सम्मान गर्नुपर्ने नाम हो । यद्यापि नेपाल कम्युनिष्ट पार्टीका अरु संस्थापक सदस्य नरबहादुर कर्माचार्य र निरञ्जनगोविन्द बैद्यले नेपालको कम्युनिष्ट पार्टीको स्थापना गर्दा मोतीदेवी उपस्थित हुनुहुन्थ्यो, उहाँलाई संस्थापक सदस्य भन्न मिल्दैन भन्ने कुरा उठाउनुभएको छ र विवाद जन्मेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको विषयमा अरु पनि विवाद छन्् । कपलराज रेग्मी जयतु सँस्कृतम्् आन्दोलन अगाडि बढाएर म कमरेड पुष्पलाललाई भेट्न बनारस गएको थिए तर पार्टी स्थापना गर्दा मलाई बोलाइएन । डा. केशवजंग रायमाझि त्यसबेला कलकत्तामा कम्युनिष्ट भइसकेको थिए । उनलाई पनि बोलाइएन भनेर गुनासो गर्नुहुन्छ । मनमोहन अधिकारी त धेरै अघि कम्युनिष्ट भएर पार्टी स्थापना भएको बेलामा कम्युनिष्ट नेताको रुपमा राणाको जेलमा हुनुहुन्थ्यो । यस्तै धेरै कुरा उठेका छन्् । ढीलै भएपनि इतिहासले यो कुराको पनि निरुपण गर्ने नै छ । आजभन्दा ५५ वर्ष अगाडि नेपालको एउटा विवाहहित महिला काठमाडौं । पाटन बाट कलकत्ता गएर कम्युनिष्ट पार्टी स्थापना गर्ने सम्बन्धमा दौडधुप गर्ने र पार्टीको संस्थापक महासचिव कमरेड पुष्पलाले मोतीदेवी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक हुनुहुन्छ भन्नुभएकोले यसमा विवाद गर्ने कुनै औचित्यता देखिदैन । वरु हाम्रोजस्तो सामान्ती व्यवस्थाबाट जर्जर भएको देश, पितृसत्तात्मक समाजको नानाप्रकारको उत्पीडन, शोषण र दमन शिकार बनाइएका, अशिक्षाको अध्यारोमा बन्दी बनाइएक, चारदिवारभित्र कैद गरिएका नेपाली महिलाहरुबाट पनि एक महिला उठेर कम्युनिष्ट पार्टीजस्तो क्रान्तिकारी, सर्वहारा, श्रमजीवी वर्गको पार्टीको स्थापना गर्न भुमिका खेल्नु गर्वको कुरा हो । राणाशाही शासनको पारिवारिक निरंकुशता र हुकुमी शासनलाई चिर्दै नेपालको सर्वहारा, श्रमजीवी वर्गको सच्चा प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने संस्थापकहरुमध्ये एक महिला पनि पाउनु हामी नेपाली कम्युनिष्टहरुले गर्व गर्नुपर्ने कुरा हो । समय र परिवेश फरक भएकोले मैले मोतीदेवीसंग सहाकार्य गर्न पाइन । त्यस पाटोमा मलाई केही अनुभव छैन । मैले धेरै पछि निरंकुश पञ्चायती व्यवस्था रहेको बेला म उहांलाई हेर्न, भेट्न पाटनस्थित उहाँको निवास स्थानमा गएको थिएँ । त्यहाँ पहिलोपटक उहांसगं मेरो सामान्य भलाकुुसारी भएको थियो । मनमोहनको भाई भनेर मलाई चिनाइएको थियो । उहाँ बडो खुसी हुनुभयो । त्यसपछि उहाँ बिरामी हुदां म भेट््न गएको थिएँ । यसरी केवल दुइपटक मात्र उहाँसगं मेरो भेट भएको थियो । तर मैले उहाँको संघर्षको गाथाकिर्ती सुनेको छु । आजभन्दा छ दशक अघिको जहाँनिया राणाशासनको त्यो अन्धकार युगमा मोतीदेवीले राजनितिक क्रियाकलापहरु गरेको, नागरिक अधिकारको लागि क्रियाशील रहेको, त्यसवखतका काठमाडौं पाटनका जनपक्षधर नेताहरुसगं जीवन्त सम्बन्ध राखी काम गरेको, लाल कम्युनिष्टका नेता गंगालालाई आफ्नो घरमा लुकाएर राखेको लाई जयतु संस्कृतम्् आन्दोलनका विद्यार्थीहरुलाई आफूकहाँ राखेको, उहाँलाई पैदलको बाटो हिंडाइ कलकत्ता पु¥याइ कमरेड पुष्पलालसगं भेटाउनु भएको, राजनीतिक आन्दोलन अघि बढाउन विभिन्न कामहरु गरेको, पाटनमा आफ्नो नेतृत्वमा महिलाहरुलाई संगठित गरी महिला संघको स्थापना गरेको केहि यस्ता उल्लेखनीय कुराहरु छन्् । त्यसबेलाको सामाजिक परिवेशलाई विचार गर्दा एउटी विवाहित महिलाले यस्ता कार्यहरु गर्नु भनेको अदम्य साहस भएको व्यक्तिले मात्र गर्न सक्दथ्यो । त्यसबेला पाटनमा राम्रो संख्यामा महिलाहरुलाई आबद्ध गरेर मोतीदेवीले आफ्नो संगठनकुशलता र क्षमतालाई देखाउनुभएको छ । कम्युनिष्ट पार्टीसँग सम्बन्धित हुनु पहिले देखि नै मोतिदेवी काठमाडौं पाटनको राजनीतिक र महिला जागरणको कार्यमा संलग्न भएको पाइन्छ । ( स्वर्गीय नेता भरतमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टीका सस्थापक मध्य एक मोतीदेबी श्रेष्ठया स्मरणमा प्रकाशित मोतीदेबी स्मारिकामा लेख्नु भएको लेख रचना साभार )
Categorized in विचार