विचार
-
२०७६ बैशाख ६, शुक्रबार
वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन
क्रान्तिलाई मैले सलाम गरिसकेंँ क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ । दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि । सामन्तवादको किल्लाका रूपमा रहेको राजतन्त्रले बिदा लिएको धेरै भइसक्यो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा...
-
२०७६ बैशाख ५, बिहिबार
देश बन्दैछ र केही नयाँ हुँदैछ भन्ने आत्मविश्वास बढ्दै गएको छ
सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका छन् । यस मुलुकमा केही भएकै छैन, मात्र भ्रष्टाचार भएको छ, सरकार पूरै असफल भएको छ, प्रधानमन्त्री र मन्त्रीहरु गफ मात्रै दिन्छन् भन्नेका लागि विकासका पछिल्ला उदाहरण स्वतः जवाफका रुपमा उपस्थित हुन्छन् । यिनले आम जनतामा लोकतन्त्रप्रतिको आस्थालाई...
-
२०७६ बैशाख ३, मंगलबार
एचआइभीले उजाडिएको जिन्दगी
‘चरीले राएन हो कि लेग काफल पाक्दा न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’ ‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक महिला । एचआइभी एड्सकै कारण उहाँले २४ वर्षको कलिलो उमेरमा आफ्ना पति मात्रै गुमाउनुभएको छैन,...
-
२०७५ चैत्र २७, बुधबार
भग्नावशेषभित्र पुरिएको पीडा– आश भने जिउँदै
निर्धन उत्थान लघुवित संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो । कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको घर हावाहुरीसँगै भत्किँदा उनको त्यो सपना त्यही भग्नावशेषमा पुरिन गयो । भत्किएको त्यो भग्नावशेषमा उनले...
-
२०७५ चैत्र २२, शुक्रबार
‘पुलतीको घर’ लोकार्पण
“झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ । सुन्दर पुतली बन्छ ऊ ।” “मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पु¥याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन् । मात्र मौका चाहिएको छ, उनीहरुलाई झुसबाट निक्लिएर पुतली बनेर संसार डुल्नका लागि...
-
२०७५ चैत्र १८, सोमबार
क्षणभरमै खोसिएको खुसी
दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा...
-
२०७५ चैत्र ११, सोमबार
सुनचाँदी व्यवसायीमा ११ लाख ब्यक्तिलाई रोजगारी प्राप्तः अध्यक्ष शाक्य
सर्वप्रथम म यस काठमाडौं सुनचाँदी ब्यवसायी संघको सोह्रौं साधारण सभामा उपस्थित हुनु भएका सम्पूर्ण सदस्य महानुभावहरु, प्रमुख अतिथि डा. श्री सत्यमोहन जोशीज्यू, प्रदेश नं.३ का सभामुख विशिष्ट अतिथि माननीय श्री सानु कुमार श्रेष्ठज्यू, अतिथिज्यूहरु, पत्रकार तथा आमन्त्रित सम्पूणं महानुभावहरु समक्ष कार्यसमितिको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक हार्दिक स्वागत आर्थिक समृद्धि सहितको अभिवादन व्यक्त...
-
२०७५ चैत्र ७, बिहिबार
जाति र जनजाति अन्तर परिभाषा
जसरी जनजातिको आफ्नै बेग्लै सामाजिक संस्कृति भाषा, रहनसहन, खानपान र इलाका हुन्छ त्यसै गरी जातिहरु हिन्दूसंस्कृति, जातिप्रथा, भाषा आदिका अभिन्न अगं हुन् । जातिहरुको परम्परा हिन्दू सामाजिक व्यवस्था सँगैसँगै जोडिएको हुन्छ । जातिभित्र बाहुन, क्षेत्री, वैश्य, शुद्र (राजपुत र कायस्थ, वैश्य र सार्की दमाई कामी (शुद्र अछुत) आदि पर्दछन् । अर्थात् जातिभित्र दलितहरु पनि पर्दछन् । जातिभित्र एउटा उच्च जाति र...
-
२०७५ चैत्र ३, आइतबार
मल्लकालमा माथिल्लो टोल मात्र सुर्वणप्रणाली महानगर
मल्लकालमा (सम्पूर्ण कान्तिपुर इलाकालाई नभई) माथिल्लो टोलहरुको इलाकालाई मात्र सुर्वणप्रणाली महानगर भनी सम्बोधन गर्ने चलन चलेनको देखिन्छ । यो नाम लेखिएका सबैजसो अभिलेखहरुले कान्तिपुर शहरका माथिल्ला टोलहरु खास गरी ठहिटी इलाकालाई अङकित गरेको पाइन्छ । केही इतिहासकारहरुले मल्लकालमा विदेशी व्यापार बढेको हुँदा कान्तिपुर शहर समृद्ध हुन थालेको थियो, यही समृंद्धि व्यक्त्याउन यस शहरको नाम केही सन्दर्भमा श्री...
-
२०७५ फाल्गुण ३०, बिहिबार
नेकपा विप्लवको फागुन ३० गतेको बन्द सफल होला त !
अब के के होला त विप्लव आन्दोलन ? केही दिन अघि मात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ‘लुटेरा पार्टी’को संज्ञा दिएपछि लगतै विप्लव नेतृत्व नेकपाका महासचिव विप्लवको हस्ताक्षरमार्फत फागुन २४ गते एक विज्ञप्ति सार्वजनिक गर्दै फागुन ३० गते बिहिबार आमहड्ताल संगै नेपाल बन्दको घोषणा गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले...
-
२०७५ फाल्गुण ३०, बिहिबार
अर्थ न बर्थ बिप्लवको नेपालबन्द
सनम राजोपाध्य लामो समयपछि बिप्लब माओवादीले बिहिबार सरकारले आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको बिरोधमा नेपाल बन्द आह्वान ग¥यो । नेपाल बन्दको आवाज पनि सुन्न नचाहेका राजनीतिक पार्टी र जनताका लागि बिहिबार भएको नेपाल बन्द पनि एक हिसावले टाउको दुखाईको विषय बन्न पु¥यो । हरेक बन्दले आखिर नेपाली जनता नै पीडामा पर्ने भएकाले पनि आगामी दिनमा बन्द सदाका लागि बन्द गर्ने भनी विभिन्न राजनीतिक दलहरुले टुंडिखेलमा...
-
२०७५ फाल्गुण २८, मंगलबार
होली गीत लोप हुँदै
शिव मठ पर राम खेलैए होली।।। वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । कल्याणपुर – १२ तिलासी बस्ने ७० वर्षीय फिरङ्गी सदा पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुखी मनले भन्छन्, “पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै...


